थप १ हजार ८९ जना कोरोनाभाइरस सङ्क्रमित , १५ सय ३४ जना सङ्क्रमणमुक्त ।

थप १ हजार ८९ जना कोरोनाभाइरस सङ्क्रमित , १५ सय ३४ जना सङ्क्रमणमुक्त ।

पछिल्लो २४ घण्टामा १हजार ८९ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । सात हजार ९ सय ७१ वटा नमूना पीसीआर परीक्षण गर्दा ती सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २० जनाको मृत्यु भएको छ भने १५ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ५३ हजार १८२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा ३१ हजार २४८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित रहेका छन् भने १० हजार ८३८ जनाको मृत्यु भएको छ । अहिलेसम्म आईसीयूमा ५२३ जना, भेन्टिलेटरमा १६२ जना, होम आइसोलेशनमा २९ हजार ८१ जना, संस्थागत आइसोलेशनमा दुइ हजार १६७ र क्वारेन्टाइनमा २६६ जना रहेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको सङ्क्रमणदर १३ दशमलब ६ प्रतिशत छ भने मृत्युदर १ दशमलब ५ प्रतिशत छ ।