नोबेल कोरोना भाइरस रोग बारे भक्तपुर नगरपालिकाको सार्वजनिक अपिल

नोवेल कोरोना भाइरस संक्रमण एक सरुवा रोग हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोग ९ऋयखष्म ज्ञढ० नाम दिइएको सो रोग सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा जनगणतन्त्र चीनको हुपेइ ९ज्गदभष्० प्रान्तको उहान ९ध्गजबल० शहरमा देखापरेको हो । विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले सन् २०२० को जनवरी ३० तारिखको दिन विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको ऋयखष्म ज्ञढ विश्वका १३० भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ । छोटो समयमा एकैपटक धेरैजनामा फैलिने उक्त रोगबाट हालसम्ममा विश्वका लाखौं मानिसहरु संक्रमित भएका छन् भने मिति २०७६ चैत्र ४ गतेसम्ममा ७ हजार १ सय ७४ जना मानिसको ज्यान गएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
एशिया, यूरोप, अमेरिका, दक्षिण अमेरिका, अष्टे«लिया, अफ्रिकालगायत सबैजसो महादेशमा फैलिएको ऋयखष्म ज्ञढ संक्रमण सबैभन्दा बढी चीन, दक्षिण कोरिया, इटाली र इरानमा देखिएको छ । हाल चीनमा संक्रमणको संख्यामा कमी आएपनि युरोपका विभिन्न देशहरुमा महामारीको रुपमा पैmलिरहेको छ ।
मुख्यतः श्वासप्रश्वास प्रणालीमा असर गर्ने यो रोग बालबालिकादेखि बृद्धबृद्धासम्म सबैमा लाग्छ । विशेषतः दमखोकी, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगी तथा मृगोलासम्बन्धि रोग लागेका विरामीहरु यो रोगबाट प्रभावित भएको देखिन्छ । त्यसैले यो रोग लाग्नबाट जोगिन विशेष सतर्कता अपनाउनु जरुरी हुन्छ ।

कोरोना भाइरस रोग सर्ने तरिकाः
ँ संक्रमित व्यक्तिले हाछ्यू“ गर्दा वा खोक्दा निस्कने विषाणु ९ख्ष्चगक० को सम्पर्क भएमा ।
ँ संक्रमित व्यक्तिसंग हात मिलाउ“दा वा अंकमाल गर्दा ।

कोरोना भाइरस रोगका मुख्य लक्षणहरुः
कोरोना भाइरस रोगबारे विभिन्न संचार माध्यमहरुमा भ्रमात्मक तथा नकारात्मक सन्देश दिने समाचारहरु प्रकाशित भइरहेकाले सर्वसाधारण जनतामा अनावश्यक तनाव बढेको पाइन्छ । सरसफाइ, सन्तुलित खानपान र वानी व्यहोरामा ध्यान दिन सकेमा मात्र पनि यो रोगबाट बच्न सकिन्छ । यो रोगबाट संक्रमितहरु उपचारपछि हजारौंको संख्यामा पूर्ण निको भएर अस्पतालबाट घर फर्केको दैनिक तथ्यांक प्रकाशित भइरहेका छन् । अन्य सरुवा भाइरल रोगहरुको तुलनामा यस रोगबाट संक्रमित विरामीहरुको मृत्युदर निकै कम छ । शुरुमा यो रोगबाट निकै प्रभावित बनेको चीनको उहान शहरमा अहिले जनजीवन सामान्य अवस्थामा पुग्दैछ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस रोगबाट ठूलो समस्या ल्याएको छैन, तथापि यो रोगको सम्भावित जोखिमबाट जोगिने उपाय अवलम्बन गर्नु नै बुद्धिमानी हुनेछ । यस रोगबाट बच्न आवश्यक सजगता र सचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा भक्तपुर नगरपालिका हार्दिक अपिल गर्दछ ।

मिति ः २०७६।१२।४ गते
अनुरोधक
भक्तपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, व्यासी, भक्तपुर