निल बाराही क्षेत्रमा सरोकारवालाहरुको वृहत छलफल हुने

निल बाराही क्षेत्रमा सरोकारवालाहरुको वृहत छलफल हुने
भक्तपुर, श्रावण१५ गते
निलबाराही क्षेत्र संरक्षण अभियानले आज वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी खीरप्रसाद ग्रहण कार्यक्रम आयोजना गरेको छ । मन्दिर परिसरमा आज आयोजित सो कार्यक्रममा निलबाराही संरक्षण अभियानका गतिविधीहरु बारे चर्चा गर्दै हाल माटो रोकिएको विषयमा छलफल गरेको छन् साथै आजै विभिन्न क्षेत्रबाट घर भत्काएका ईट्टाका टुक्रा लगायत ल्याएर बाटो बनाउने कायमा श्रमदान गरेको अभियान्ता निशुल प्रजापतिले जनाएको छ । साथै भोलि शुक्रबार विहान ७ बजे स्थानीय पालिका, जिल्ला प्रशासन तथा अन्य सरोकारवाला निकायहरु एवं निलबाराही संरक्षण अभियान्ताहरु बीच थप छलफल हुने कार्यक्रम बारे छलफल गर्दै निलवाराही क्षेत्रको संरक्षण अभियानबारे थप सुझाव संकलन गर्ने निर्णय गरेको उहाँले जनाएको छ।
साथै शुक्रबार निलबाराही परिसरमा हुने छलफलमा मध्यपुर थिमी नगरपालिका, चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ उपत्यका विकास प्राधिकरण, निलबाराही क्षेत्र संरक्षण सरोकार समिति सहित सम्पदा प्रेमीहरुको वृहत्त सहभागिता हुने जनाएको छ ।