कोरोना डर कति? परीक्षणको २१ प्रतिशत पोजेटिभ

कोरोना डर कति? परीक्षणको २१ प्रतिशत पोजेटिभ
काठमाण्डौं, कार्तिक ११ गते
पछिल्लो २४ घण्टामा कोरोना परीक्षणको २१ प्रतिशत कोरोना पोजेटिभ देखिएको छ । दशै पर्वको माहोलमा २ हजार ७२५ जनाको कोरोना परीक्षण गर्दा ५७० जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटमा जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ भने पछिल्लो २४ घण्टामा ३ हजार १६८ जना कोरोना मुक्त भएसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ । योहिसाबले कोरोना मुुक्त हुनेको अनुपात ७४.१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितहरुको मृत्यु भएसँगै कोरोनाका कारण मुक्त हुनेको संख्या ८७६ पुगेको छ। काठमाण्डौ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २५२ जना मात्रै संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना परीक्षण संख्या कम गरेसँगै पोजेटिभ हुनेको संख्या पनि कम मात्रै देखिएको छ ।