श्रावण १५को खिर खादै जलवायु प्रभाव बारे चर्चा
भक्तपुर, श्रवाण १५ गते
आज श्रावण १५ गते खिर खाने पर्व अन्तर्गत रेडियो जनसञ्चार, जनसञ्चार टेलिभिजन सहित विभिन्न संघ संस्थाहरुको सहकार्यत्रमा पत्रकार भेला आयोजना गरेको छ । स्वतन्त्र पत्रकार संघ भक्तपुरको नेतृत्वमा आयोजित सो कार्यक्रममा जलबायु परिवर्तनका कारण नेपाली समुदायको जनजीवन, कला संस्कृति र सभ्यतामा पारेको प्रभाव बारे छलफपल गरेका हुन । सो अवसरमा इतिहास विषयका शिक्षक विश्वमोहन जोशीले जलवायु परिवर्तनका कारण काठमाण्डौ उपत्यकाको सामाजिक, आर्थिक, सांस्कृतिक धार नै परिवर्तनको संघारमा पुर्याको चर्चा गर्दै प्राकृतिक जीवनशैली संकटमा पुर्याएको बताउनु भयो ।


कार्यक्रममा संस्कृति अध्यता सूर्यराम श्रेष्ठले ठूलठूला कलकारखानाहरुले उत्सर्जन गरेको प्रदूर्षण तथा आनविक भट्टि र युद्धहरुले नेपालको हावापानीमा नराम्रो प्रभाव पारेका विश्लेषण गर्दै नेपाली सभ्यता र संस्कृतिमा समेत यसले नकारात्मक प्रभाव पारेको बताउनु भयो । नागरिक दैनिकका पत्रकार कृष्ण किसीले जलवायु परिवर्तनका कारण भएको असरहरुले हाम्रो जीवनशैली नै फरक पर्न गएको र बाल्यकालमा देखिएको वातावरण अहिले युवा अवस्थामा नपाएको चर्चा गर्दै यस्तो गल्तिलाई सबैले जिम्मेवारीता बहन गर्न सकेमात्रै जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्न सकिने धारणा राखेका थिए भने अर्का पत्रकार मणिराम लामिछानेले वातावरण संरक्षण अभियानका बजेट तथा कार्यक्रमहरु समेत कमिसनको भरमा सञ्चालन गर्दा वास्तिविक रुपमा वातावरण संरक्षण हुन नसकेको उदाहरणहरु प्रस्तुत गर्दै वातावरण संरक्षणकालागि प्रदूर्षण फैलाउने कारखानाहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो । सो अवसरमा अर्का पत्रकार राजन कार्की, रेणु त्वायनाबासु, लक्ष्मीप्रसाद कासुला, पूजा साखकर्मीले पनि जलवायु परिवर्तनले भोग्दै आएको विभिन्न प्रभावहरु बारे आआफ्नो धारणा व्यक्त गरेका थिए । सो कार्यक्रममा पत्रकर मनोहरी थापाले सहजीकरण गर्नु भएको थियो ।














