त:मुज्याको प्रचारार्थ काठमाण्डो उपत्यकाव्यापी साईकल र्याली

त:मुज्याको प्रचारार्थ काठमाण्डो उपत्यकाव्यापी साईकल र्याली
भक्तपुर, असोज २७ गते
४३ औं त:मुज्याको प्रचार प्रसारका लागि काठमाण्डौ उपत्यकाव्यापी साईकल र्याली आयोजना भएको छ ।
जनता बाँचे, भाषा बाँच्छ भन्ने मूल नाराका साथ भक्तपुर नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको नेपाल भाषा साहित्य त:मुज्याको ४३ औं सृखला भव्यरुपले सफल पार्न प्रचार प्रसारकालागि आज काठमाण्डौ उपत्यकाव्यपी साइकल र्याली आयोजना गरेका हुन । र्यालीको बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले उद्घाटन गरेका थिए ।
आज विहान योसिंखेलबाट सुरु भएको साईकल यात्राले भक्तपुर नगरपरिक्रममा गरी मध्यपुर थिमी, काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिका क्षेत्रको साईकल यात्रा पूरा गरी भक्तपुर फर्केका हुन ।
भक्तपुर नगरपालिका वडा नम्बर ४ स्थित योसिखेलमा आयोजनाको तयारी थालेको ४३ औं नेपाल भाषा साहित्य त:मुज्याले सो साइकल र्याली गोर्खा इको प्यानल र एन्टी ड्राईभिङ सेन्टरको आर्थिक सहयोग तथा जुजु साईकल र साइकल कनेटको प्राविधिक सहयोगमा आयोजा गरिएको थियो ।

  • https://youtu.be/im-IQNZBQXY