बाराहीमा तीन हप्ते मादल प्रशिक्षण सम्पन्न
भक्तपुर, असोज २४ गते
बाराही साकोसले आयोजना गरेको ३ हप्ते मादल बाजा प्रशिक्षण मंगलबार सम्पन्न गरेको छ । असोज १ गते देखि साकोसको सभाहलमा आयोजित सो प्रशिक्षणमा ३० जना सदस्यहरुको सहभागिता थियो । सामान्यत: ३ महिना प्रशिक्षण दिनुपर्ने मादल प्रशिक्षण ३ हप्तामै सम्पन्न गर्दा प्रशिक्षार्थीहरु उत्साहित भएका छन् । बाराही साकोसका २४ औं वार्षिक साधारण सभामा सबै सदस्यहरुको बीचमा सान्दार मादल बादन प्रदर्शनीसँगै मादल बाजा बजाउने हुतहुती जागेको सहभागिहरुको भनाई छ । छोटो समयमै मादल बजाउने सिप सिक्न पाएकोमा सहभागि प्रशिक्षर्णीहरु उत्साहित छन् ।
८ वर्षका बालक देखि ८० वर्षका जेष्ठ नागरिक र डिग्रि पढेका देखि अनपद समेतले मादल बजाउन प्रशिक्षणमा सहभागि रहेका थिए । मंगलबार भएको मादल प्रशिक्षण समापन कार्यक्रममा बोल्दै बाराही साकोसका अध्यक्ष विश्वराम त्वयनाले संस्थाको सामाजिक उत्तदरदायित्व अन्तर्गत मादल प्रशिक्षण तालिम आयोजना गरेको उल्लेख गर्दै सो अवधिमा सिकेका सिपलाई निरन्तरता दिइरहन सकोसभन्ने सुभेच्छा व्यक्त गर्नु भयो । उहाँले निरन्तर अभ्यासले थप क्षमता वृद्धि भई समाजका विभिन्न क्षेत्रमा समेत योगदान पुर्याउन सकिने धारणा राख्दै प्रशिक्षार्थीहरुलाई थप प्रशिक्षण दिन पनि संस्था तयार रहेको बताए ।
मुख्य प्रशिक्षक रभिम कपालीले ३ हप्ते तालिमबाट पनि दम्दारले मादल बजाएर साधारण सभामा सबैलाई चकित पारेको चर्चा गर्दै यो प्रशिक्षण मात्र नभई आफूहरुको सिकाई पनि भएको बताए । प्राथमिक चरणको सिकाईलाई अभ्यासबाट तिर्खान सकिने विचार व्यक्त गर्दै नि:शुल्क रुपमा थप प्रशिक्षण दिन पनि आफू तयार रहेको चर्चा गर्दै प्रशिक्षार्थीहरुको नियमित अभ्यासले थप परिस्कृत हुने बताए ।
सहभागि प्रशिक्षार्थीहरुले तालिम प्रभावकारी रहेको तर सिकाई अपुग भएकाले समयाबधि थप्नुपर्ने भन्दै आफूहरुले सिकेको मादल बजाउने सिपलाई आआफ्नो समाज, संस्था, भजनहरुमा समेत प्रस्तुत गर्ने धारणा राखेका थिए ।
बासुरी र अन्य बाजाहरुसँगै मादल बजाउन सकिने गरी प्रशिक्षक कपालीले बाराही साकोसमा ३ हप्ते तालिम थालेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...














