बाराहीमा तीन हप्ते मादल प्रशिक्षण सम्पन्न
भक्तपुर, असोज २४ गते
बाराही साकोसले आयोजना गरेको ३ हप्ते मादल बाजा प्रशिक्षण मंगलबार सम्पन्न गरेको छ । असोज १ गते देखि साकोसको सभाहलमा आयोजित सो प्रशिक्षणमा ३० जना सदस्यहरुको सहभागिता थियो । सामान्यत: ३ महिना प्रशिक्षण दिनुपर्ने मादल प्रशिक्षण ३ हप्तामै सम्पन्न गर्दा प्रशिक्षार्थीहरु उत्साहित भएका छन् । बाराही साकोसका २४ औं वार्षिक साधारण सभामा सबै सदस्यहरुको बीचमा सान्दार मादल बादन प्रदर्शनीसँगै मादल बाजा बजाउने हुतहुती जागेको सहभागिहरुको भनाई छ । छोटो समयमै मादल बजाउने सिप सिक्न पाएकोमा सहभागि प्रशिक्षर्णीहरु उत्साहित छन् ।
८ वर्षका बालक देखि ८० वर्षका जेष्ठ नागरिक र डिग्रि पढेका देखि अनपद समेतले मादल बजाउन प्रशिक्षणमा सहभागि रहेका थिए । मंगलबार भएको मादल प्रशिक्षण समापन कार्यक्रममा बोल्दै बाराही साकोसका अध्यक्ष विश्वराम त्वयनाले संस्थाको सामाजिक उत्तदरदायित्व अन्तर्गत मादल प्रशिक्षण तालिम आयोजना गरेको उल्लेख गर्दै सो अवधिमा सिकेका सिपलाई निरन्तरता दिइरहन सकोसभन्ने सुभेच्छा व्यक्त गर्नु भयो । उहाँले निरन्तर अभ्यासले थप क्षमता वृद्धि भई समाजका विभिन्न क्षेत्रमा समेत योगदान पुर्याउन सकिने धारणा राख्दै प्रशिक्षार्थीहरुलाई थप प्रशिक्षण दिन पनि संस्था तयार रहेको बताए ।
मुख्य प्रशिक्षक रभिम कपालीले ३ हप्ते तालिमबाट पनि दम्दारले मादल बजाएर साधारण सभामा सबैलाई चकित पारेको चर्चा गर्दै यो प्रशिक्षण मात्र नभई आफूहरुको सिकाई पनि भएको बताए । प्राथमिक चरणको सिकाईलाई अभ्यासबाट तिर्खान सकिने विचार व्यक्त गर्दै नि:शुल्क रुपमा थप प्रशिक्षण दिन पनि आफू तयार रहेको चर्चा गर्दै प्रशिक्षार्थीहरुको नियमित अभ्यासले थप परिस्कृत हुने बताए ।
सहभागि प्रशिक्षार्थीहरुले तालिम प्रभावकारी रहेको तर सिकाई अपुग भएकाले समयाबधि थप्नुपर्ने भन्दै आफूहरुले सिकेको मादल बजाउने सिपलाई आआफ्नो समाज, संस्था, भजनहरुमा समेत प्रस्तुत गर्ने धारणा राखेका थिए ।
बासुरी र अन्य बाजाहरुसँगै मादल बजाउन सकिने गरी प्रशिक्षक कपालीले बाराही साकोसमा ३ हप्ते तालिम थालेको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














