भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष गोराको टिम पुन: निर्विरोध निर्वाचित

भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष गोराको टिम पुन: निर्विरोध निर्वाचित
भक्तपुर, असोज २९ गते
भक्तपुर ट्रक व्यवसायी संघको ८ औं अधिवेशनबाट वर्तमान अध्यक्ष लक्ष्मीप्रसाद गोराको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । सर्वसहमतिबाट निर्वाचित पदाधिकारीहरुले आजै सपथ ग्रहण गरेका छन् । आज निर्वाचित ११पदाधिकारीहरुमा अध्यक्षमा लक्ष्मीप्रसाद गोरा, उपाध्यक्षमा नातीभाई ह्यौम्बा, सचिवमा जितेन्द्र खायमली, सहसचिवमा चन्द्रकृष्ण ग्वाछा, कोषाध्यक्षमा आशराम बैद्य, सहकोषाध्यक्षमा कमल नारायण धुख्वा रहेका छन् भने सदस्यहरुमा नरेश गोठे, सानुकाजी चिकंबन्जार, कृष्णप्रसाद प्रजापति र लक्ष्मीप्रसाद छुस्याबाग निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत विश्वराम कवांले जनाएको छ ।


निर्वाचित पदाधिकारीहरुलाई संघका कानूनी सल्लाहकार रामप्रसाद प्रजापतिले सपद् ग्रहण गराएका थिए । पूर्व अध्यक्ष राजेन्द्र प्रजापतिको सभापतित्वमा आजै सपद ग्रहण समारोह आयोजना भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष आशाकाजी त्वायनाबासु सहितले नवनिर्वाचित पदाधिकारीहरुलाई बढाई तथा शुभकामना व्यक्त गरेका थिए ।
भक्तपुर नगरको लिवालीस्थित वल्ड दरवार पार्टी प्यालेसमा आज संघको २२, २३ र २४ औं वार्षिक साधारण सभाको अवसरमा ८औं अधिवेशन पनि सम्पन्न गरेको हो । सो साधारण सभा र अधिवशेनको नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले आज विहान पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।