ताथलीमा छोरीको घर….लाई भूमिदानको माहोल बढ्दो
ताथली, असोज २१ गते
छोरीको घर जेष्ठ नागरिक आश्रम सञ्चालन तथा प्रवर्धनकालागि चा.न.पा. ९ ताथलीमा आयोजित श्रीमद भागवतको ११ औं दिनसम्ममा एक लाख भन्दा बढी भक्तजनले कथा श्रावण गरेको आयोजकहरुबताउँछन् । असाहय, बेवारिसे जेष्ठ नागरिकहरु रहने, बस्ने, खाने तथा बाँकी जीवन सहजरुपले निर्वाह गराउने उदेश्यले आयोजित सो भागवतको अवसरमा ९० लाख नगद सहित २ करोड भन्दा बढी आर्थिक तथा भौतिक दान संकलन भएको आयोजक समितिको तर्फबाट घोषणा भएको छ ।


आश्रमका परिकल्पनाकार विजयमूर्ति महाराज आफैले रु.५० लाख र अन्य भक्तजनहरुको तर्फबाट ४० लाख नगद संकलन भएको जनाएको हो । आश्रम निर्माणकालागि ३ रोपनी जग्गा किने र त्यही जग्गामा सय जना जेष्ठ नागरिक रहन सक्ने गरी आश्रम निर्माण गर्ने गुरु योजना अनुसार भागवत कथा बाचन भइरहेको हो । असोज ११ गतेबाट सुरु भई २७ असोज मा सम्पन्न गर्दा २ लाख भन्दा बढी भक्तजनले कथा श्रवण गर्ने तथा रु.५ करोड आर्थिक सहयोग संकलन हुने आयोजक समितिको अपेक्षा छ । शनिवार एकै दिन १८ हजार भन्दा बढी भक्तजनको सहभागिताले स्थान अभावको संकेत गर्यो, आयोजकहरु बताउँछन् । हुलहुँदा व्यवस्थापन गर्न अलि गाह्रो भयो । दैनिक ५ हजारलाई स्वागत गर्ने पूर्व तयारी थियो सह संयोजकहरु बताउँछन् । स्थानीय समाजसेवी केशर खड्काको सयोजकमा ७५जना विभिन्न सह संयोजकहरु तथा सदस्यहरु र सयौं स्वयम्सेवकहरुले दिन रात खति भागवत व्यवस्थापन गर्दै आएको छ ।
सहभागि भक्तजनहरु मध्ये रु. १५ हजार दान गरेर आश्रमकालागि एक स्वीक्वार फिट जमिन दान गर्नेको माहोल बढेको आयोजकहरु बताउँछन । आश्रमकालागि आफ्नो छाक तारेर पनि दान गर्नेको महोल बढेको आयोजक समितिका पदाधिकारीहरु बताउँछन् ।
निम्तो दिएका मध्ये ६० प्रतिशत भक्तजनहरुले कथा श्रवन गरिसकेको आयोजकहरुको भनाई छ । सर्व साधारण देखि राष्ट््पति सम्म ५० हजार भन्दा बढीको हात हातसम्म निम्तो बाड्ेको सो भागवतमा मन्त्री, पूर्व मन्त्री, सासदहरु तथा स्थानीय जनप्रतिनिधीहरुले समेत कथा श्रवण गर्न आउने गरेका छन् । थप आउनेक्रम जारी रहेको उल्लेख गर्दै श्रीमद भागवतका संयोजक केशर खड्काले यही रफ्तारमा सहयोगहरु जुत्दै गए ५ वर्ष कुर्न नपर्ने बताउँछन् । सहभागिहरु मध्ये कयौंले जिन्सी, खाजा, खानामा समेत सहयोग भएको भन्दै आश्रमका निर्माणकालागि निर्माण सामग्री समेत दान संकलन भइरहेको बताए । कतिपयले आश्रम निर्माणकालागि कोठा दान गरेको भन्दै उहाँले भागवत सम्पन्न हुने बितिक्कै आश्रम निर्माण कार्य सुरु हुने बताए । आवश्यक सहयोगहरु संकलन गर्दै आश्रम निर्माण कार्य अगाडी बढाउने तयारीमा रहेको उहाँको भनाई छ । भक्तजनहरुबाट सहयोग संकलन पश्चात अपुग सहयोगहरु स्थानीय नगरपालिकाबाट समेत सहयोग हुने प्रतिबधता आइ सइसकेकोले आश्रम निर्माण कार्य तिव्ररुपमा अघि बढ्ने आयोजकहरुको विश्वास छ ।
आम जनतामा रहेको धार्मिक विश्वासलाई विशुद्ध सामाजिक कार्यमा सहयोग जुताउन श्रीमद भागवतले पूरा गर्ने स्थानीय धनबहादुर थापा बताउँछन् । दान गरे अनुसार सम्मान पनि पाइने र असाहय जेष्ठ नागरिकले पनि आश्रम पाउने यो पुण्य कार्यमा आफ्नो तर्फबाट पनि सोमबार सहयोग दिने र सम्मान प्राप्ति गर्ने तयारी रहेको जनसञ्चार खवरलाई सुनाए ।













