सय जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि ।
नेपालमा कोरोना महामारीको तेस्रो लहर सुरु भएदेखि हालसम्मकै धेरै मानिसहरूमा सङ्क्रमण पुष्टि हुन थालेको छ । दैनिक सरदर १० हजार सङ्क्रमित थपिँदा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ९० हजार नाघिसकेको छ । कोरोना सम्बन्धी जानकारी दिने क्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण प्रसाद पौडेलले पछिल्लो समय एक सय जनाको परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि हुन थालेको बताउनुभयो ।उहाँले नेपालमा सङ्क्रमणदर बढ्दै गर्दा अस्पताल भर्ना हुने र मृत्यु हुने दर कम रहेको पनि जानकारी दिनुभयो ।यसैबीच, सरकारले विभिन्न मुलुकबाट ल्याएको कोरोनाविरुद्धको खोप पालैपालो विभिन्न उमेर समूहलाई लगाउने भएको छ । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्यसहित सरकारले पछिल्लो समय अनुदान र आफै खरिद गरेर खोप ल्याउने कामलाई तीव्रता दिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले आवश्यकताका आधारमा खोपहरू विभिन्न उमेर समूहलाई लगाइने सीआईएनसँग बताउनुभयो । हिजो मात्रै फ्रान्स र इटालीले कोभ्याक्समार्फत् कोरोनाविरुद्धको १३ लाख मात्रा एस्ट्राजेनेका खोप नेपापललाई उपलब्ध गराएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...














