जलवायु परिवर्तनका असरहरु बारे एशिया र अफ्रिकी १० मुलुकका प्रतिनिधीहरु बीच अनुभव आदानप्रदान

जलवायु परिवर्तनका असरहरु बारे एशिया र अफ्रिकी १० मुलुकका प्रतिनिधीहरु बीच अनुभव आदानप्रदान
काठमाण्डौ, मंसिर १६ गते
एशिया र अफ्रिकी मुलुकमा बढ्दो जलवायु परिवर्तनका असरहरुको अनुभव आदानप्रदान तथा क्षति न्यूनिकरणकालागि सहकार्य गर्दै दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा आयोजना गरेको छ । कल्चर सरभाइवरले एशिया र अफ्रिकी मुलुकका १० देशका प्रतिनिधीहरु बीच जलवायु परिवर्तनका असरहरुले आदिवासी जनजातिको जीवन शैली, ज्ञानसिपमा पारेको प्रभावहरु तथा पुनरुथानकालागि गर्न सकिने कार्यहरु बारे अनुभव सुनाएका छन् । जलवायु परिवर्तनका प्रभावहरुले आदिवासी जनजातिहरुको पुस्तौ देखिको ज्ञानसिप मात्र नभई पर्यावरण चक्रमा समेत प्रभाव परि विभिन्न विपद् तथा रोगव्यादि बढेर आदिवासीहरुको जलजमिन र सभ्यतामा समेत संकत निम्तिएको प्रति गम्भिर चासो व्यक्त गरेका थिए । मानव सभ्यता र भूमिपुत्र आदिवासीहरुको सभ्यतम पारेको जलवायु प्रभावका असरहरुलाई न्यूनिकरण गर्न अप्लकालिन तथा दीर्घकालिन योजनाहरु बारे समूहगत छलफल गर्दै सहभागिहरुले आगामी दिनहरुमा थप सशक्त रुपमा के कसरी कार्य गर्न सकिन्छ ? भन्ने विभिन्न सवाल तथा योजनाहरुमा समेत सो अवसरमा छलफल गरेका थिए ।

https://www.facebook.com/watch?v=2822081311330589


सम्मेलनमा नेपाल, भारत, बैगलादेश, फ्रिलिपिन्स, अमेरिका, इन्डोनेशिया, तान्जेनिया, सहित १० देशका ४ दर्जन प्रतिनिधीहरुले सहभागिता जनाएका थिए । सोमबार र मंगलबार भएको सो सम्मेलनमा सहभागि प्रतिनिधीहरुले आआफ्नो देश र क्षेत्रमा जलवायु परिवर्तनका असरहरुले आदिवासी जनजातीहरुको उत्पादन, जीवनशैली, ज्ञानसिपमा पारेको प्रभावहरुको समीक्षा गर्दै यसबाट थप क्षति हुन नदिन व्यापक रुपमा जनचेतनामूलक गतविधि आयोजना गर्दे, आदिवासी जनजातिका परम्परागत ज्ञानसिप र प्राकृतिक जीवन शैलीहरुलाई नयां पुस्तामा पुर्याउने, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारहरुलाई नीतिगत रुपमै जलवायु परिविर्तन रोकथामकालागि पहल गराउने तथा आआफ्नो घर देखि राष्ट्रिय अन्तर्राष्ट्रिय उद्योग, कलकारखाना तथा भटिहरु, जस्ले वातावरण प्रदूर्षण, जलवायु परिवर्तनकालागि प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेका छन् तिनीहरुको ध्यानाकर्षण गराउने, आवश्यक दवाफ दिएर क्षति न्यूनिकरणका लागि समेत पहल गर्ने आदि विषयहरुमा घनिभूट छलफल गरेका थिए ।
सहभागि टोलीले यस हप्ताभित्र काभ्रेको भकुण्डेवेसीको बाढी पहिरोको स्थलगत अवोलकन गर्नुका साथै पोखराको भौगोलिक अवस्थाहरुको समेत अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको कल्चलर सरभाइव एशियाका संयोजक देव सुुनुवारले जनाएको छ । सो अवसरमा जलवायु परिवर्तनका कारण भएका तथा हुने बाढी पहिरो जस्तो प्रकृति विपतिहरुको प्रतिकार्य तथा क्षेति न्यूनिकरणका लागि के कसरी समुदायलाई सचेतना दिन सकिन्छ भन्ने सवालहरुमा भरपर्दो सञ्चार माध्यमका रुपमा एफ.एम. रेडियो स्टेशन, डोको रेडियो तथा अनलाई रेडियो, सामाजिक सञ्जाललाई आत्म साथ गर्दै यसको संचालन एवं प्रशारणका प्रविधि एवं ज्ञानसिपहरुको समेत सो अवसरमा प्रयोगात्मक तालिम दिएको थियो ।