सय जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि ।
नेपालमा कोरोना महामारीको तेस्रो लहर सुरु भएदेखि हालसम्मकै धेरै मानिसहरूमा सङ्क्रमण पुष्टि हुन थालेको छ । दैनिक सरदर १० हजार सङ्क्रमित थपिँदा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ९० हजार नाघिसकेको छ । कोरोना सम्बन्धी जानकारी दिने क्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण प्रसाद पौडेलले पछिल्लो समय एक सय जनाको परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि हुन थालेको बताउनुभयो ।उहाँले नेपालमा सङ्क्रमणदर बढ्दै गर्दा अस्पताल भर्ना हुने र मृत्यु हुने दर कम रहेको पनि जानकारी दिनुभयो ।यसैबीच, सरकारले विभिन्न मुलुकबाट ल्याएको कोरोनाविरुद्धको खोप पालैपालो विभिन्न उमेर समूहलाई लगाउने भएको छ । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्यसहित सरकारले पछिल्लो समय अनुदान र आफै खरिद गरेर खोप ल्याउने कामलाई तीव्रता दिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले आवश्यकताका आधारमा खोपहरू विभिन्न उमेर समूहलाई लगाइने सीआईएनसँग बताउनुभयो । हिजो मात्रै फ्रान्स र इटालीले कोभ्याक्समार्फत् कोरोनाविरुद्धको १३ लाख मात्रा एस्ट्राजेनेका खोप नेपापललाई उपलब्ध गराएको छ ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












