२०७६ साल चैत २० गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूबीच बिहीबार नगरपालिकाको सभाकक्षमा लकडाउनको समयमा खाद्यान्न आपूर्ति व्यवस्थापनबारे बैठक बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले लकडाउनको समयमा खाद्यान्नलगायत दैनिक उपभोगका वस्तुको अभाव हुन नदिन नगरपालिकाले विभिन्न सरोकारवाला निकायहरूसँगको छलफललाई अगाडि बढाइरहेको बताउनुभयो ।
कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयमा घरभित्रै बसेर सिर्जनशील काम र उत्पादनहरू गर्न सकिने बताउनुहुँदै प्रमुख प्रजापतिले नेपालमा अहिले डेङ्गुको पनि प्रकोप रहेको हुँदा आवश्यक सहजकता अपनाउनुपर्ने बताउनुभयो ।
लकडाउनको समयमा घरमै बसेर गर्न सकिने तालिमहरू अहिलेको समयमा निकै उपयोगी हुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाभित्र अवस्थित घरेलु तथा साना उद्योगहरूलाई व्यवस्थित सञ्चालनको लागि आवश्यक छलफलहरू चलिरहेको छ भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले लकडाउनको समयमा दैनिक ज्यालादारी काम गर्ने श्रमिकहरूलाई राहत वितरण स्थानीय सरकारले जनप्रतिनिधिको प्रत्यक्ष संलग्नताबाट एकद्धार प्रणालीबाट हुने प्रष्ट पार्नुहुँदै संकटसँग जुध्न सिंगो देश एकजुट हुनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष बिरेन्द्र जतिले कोभिड १९ को उच्च जोखिममा नेपाल पनि रहेको हुँदा लकडाउनको समयमा बढ्दो खाद्यन्नको मागले उत्पन्न हुनसक्ने कालोबजारीलाई निरुत्साहित गर्नुपर्ने र नगरपालिकाले सञ्चालन गर्ने हरेक गतिविधिमा सहकार्य गर्न भक्तपुर घरेलु तथा साना उद्योग संघ तत्पर रहेको बताउनुभयो । लघु घरेलु तथा साना उद्योगबाट उत्पादित ताइचिन चिउरा, लोकल चामल, विभिन्न मसला, दाल, तोरी, घ्यु इत्यादिलाई खाद्यान्न सहज आपूर्ति र संघसँग आबद्ध उद्योग निर्वाध रुपमा सञ्चालनको नगरपालिका तर्फबाट आवश्यक सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














