वडा वडामा खोप केन्द्र यद्यपी चाप बढ्दो
भक्तपुर, भाद्र ९ गते
वडा वडामा कोरोना विरुद्धको खोप अभियान सञ्चानल भए पछि खोप लगाउन सजिलो महसुस गरेका छन् यद्यपी खोप लगाउनेको लागि घण्टौ लाईनमा बस्नुपरेको स्थानीयले गुनासो गरेका छन् । ३ घण्टा लाईन बसेर पनि बल्ल पालो आयो यद्यपी अझै आधा घण्टा कुर्नुपर्ने छ । सल्लाघारी सृजना नगर देखि भनपा १ वडा कार्यालयमा बुधबार सञ्चालन गरेको खोप केन्द्रमा खोप लिन आएका समुदायले भन्ने । स्थानीय स्वयम्सेवकले घर दैलोमै पुगेर खोप बारे जानकारी दिएकाले एकै दिन खोप लिनेको संख्या बढेपछि घण्टौ लाईनमा बस्नुपरेको गुनासो गरेका हुन । विहान १० बजे खोपको लागि आउँदा लामो लाईन देखिएपछि फेरी १२ बजे मात्र खोप लगाउन आए पनि लाईन उस्तै रहेपछि यसपटक खोप नछुटाउने हिसावले लामो लाईनमै बसेर भए पनि खोप लगाएको महोल थियो स्थानीय वडासदस्या सूर्यप्रसाद श्रेष्ठ भने ।

परीक्षा दिने तयारीमा रहेका १८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिका समुदायलाई भनि दिएको सो खोप अभियानको पहिलो दिनमा धेरै जसो खोप केन्द्रमा खोप लिनेको संख्या बढेको पाइएको हो । भनपा ६को खोप केन्द्रमा पहिला छुटेका जेष्ठ नागरिक देखि परीक्षाको तयारीमा रहेका सयौं विद्यार्थीले खोप लिन आएपछि खोपको अभाव मसुसस गरेका थिए । खोपलिनेमा स्थानीय वडा वासी भन्दा बाहिरका विद्यार्थी तथा समुदायको संख्या बढेको पाएपछि खोप वितरणमा केहि अभाव हुन गएको ख्वप अस्पताल, जनस्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले बताए । यस अघि नै विद्यार्थी लक्षित खोप अभियान सञ्चालन गरे पनि खोप लिन आउने विद्यार्थीको संख्या बढेकाले खोपको अभाव हुन गएको स्थानीय वडाअध्यक्ष हरिराम सुवालले जनाए । खोपको पहुँच बृद्धिभए पनि अझै ५० प्रतिशत वडाका लक्षित वर्गले खोप दिन बाँकी रहेको भन्दै वडाध्यक्ष सुवालले खोपको उपलब्धता भएसँगै वडावासीलाई खोप दिने बताउनु भयो ।
यता वडा नम्वर १०को खोप केन्द्र कमलविनायकमा पनि खोप लगाउनेको संख्या लामो थियो । खोप केन्द्र साँघुरो भएपछि स्थानीयको पहुँचमा पुग्ने गरी खोप दिन ब्रम्हाचारणी आधारभूत विद्यालय प्रांगणमा खोप केन्द्र राख्ने तयारी भएको स्वयंसेवक लक्ष्मिप्रसाद चवालले बताए । खोप केन्द्रमा आएजति लक्षित समुदायलाई खोप दिनुपर्ने भएपछि स्थानीयले अवसर नपाएको मात्र होइन कतिपय वडावासीले खोप लिन आउन अनकनाइ रहेकाले पनि खोपको पहुँच स्थानीय समुदायले पाउन नसेको वडाध्यक्ष लक्ष्मिप्रसाद ह्यौमिखाले बताए । जुनसुकै जिल्ला र ठाउँबाट आए पनि खोप दिनुपर्ने र खोप केन्द्रमा हुल भएपछि स्थानीय पछि सरेर बसेपछि स्थानीयले प्राथमिकता नपाएको गुनासो समेत सुन्नुपरेको उहाँले बताए । लाइनमा बसेका समुदायलाई खोप दिइसकेपछि खोप पनि सकिने र स्थानीयले पनि खोप कहिले लगाउन आउने भनि सोध्ने गरेका बताउँदै सो केन्द्रबाट पनि स्थानीयले भन्दा बहिरका समुदायले खोप लगाउने गरेको बुझिएको उहाँले बताए । भक्तपुर नगरको सबै भन्दा बढी कोरोना संक्रमित हुने गरेको यस वडामा पछिल्लो पटक छिटफुटरुपमा संक्रमित फेला परिरहेको छ । संक्रमण हुनेको संखय दिनप्रतिदिन बढी रहेको उहाँका बुझाई छ । नगरपालिकाले सञ्चलान गर्दै आएको आइसोलेशन केन्द्रमा संक्रमितको चाप बढेको सुन्नेपछि वडावासीलाई खोपको पहुँच पुर्याउन लागि रहेको वडाध्यक्ष ह्यौमिखाले बताए ।
भक्तपुर नगरपालिकाका १ देखि १० वडाका प्रत्येक वडा वडा मै खोप केन्द्र स्थापना गरी खोप दिने अभियान आज र भोलिको लागि गरेको छ । यद्यपी खोप लिनेको संख्या बढ्दो छ तर पहिला जस्तो खोपका लागि हुलमुल गर्ने भन्दा लाईनमा बसेर खोप लिने वातावरण भन्नेको उल्लेख गर्दै सहभागि समुदायले कोरोना विरुद्धको खोप अभियानमा सहभागि जनाइरहेका छन् ।











