आ.व. २०७८÷७९ का लागि वागीश्वरी मा.वि.÷कलेजकोे बजेट सार्वजनिक
भक्तपुर÷१० भाद्र– ‘विद्यालय र कलेजको नयाँ बजेट आउँदा शिक्षक कर्मचारीको तलब कति बढ्यो ?, सुविधा कति बढ्यो ? भन्नु भन्दा के नयाँ कार्यक्रम आउँदैछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ उक्त कुरा वागीश्वरी मा.वि.र वागीश्वरी कलेजको बजेट सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको हो ।
उहाँले प्राध्यापक÷शिक्षकले कुनै काम गर्दा उद्देश्यमूलक ढंगले गर्नुपर्ने बताउनुहुँदै निरुद्देश्य घुमफिर गर्ने, खर्च गर्ने, रमाइलो गर्ने कार्यले समाजमा नकारात्मक प्रभाव पर्ने स्पष्ट पार्नुभयो । वागीश्वरी परिवार पाँच हजार विद्यार्थीको परिवार भएकाले शिक्षक प्राध्यापममार्फत नागरिक भावना जगाउनु पर्नेमा ध्यानाकर्षण गराउनुभयो ।
पारदर्शिता नै हाम्रो सफलताको आधार हो भन्नु हँुदै अध्यक्ष प्रजापतिले वागीश्वरी मा.वि. र कलेजलाई नमूना बनाउन र देशमै चिनाउन सबैको प्रयास हुनुपर्ने बताउनु भयो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले विद्यालयको बजेट रु.१४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स (प्राविधिक शिक्षा)तर्फ दुई करोड ६५ लाख ८१ हजार १ सय ६९ रुपैयाँ गरी जम्मा १७ करोड २१ लाख ७५ रुपैयाँको बजेट प्रस्तुत गर्दै कार्यरत शिक्षक कर्मचारीहरुलाई श्रम ऐन बमोजिम आन्तरिक स्रोतबाटै सुविधा दिएको बताउनुभयो । उहाँले यस वर्ष ब्रह््मचारिणी आधारभूत विद्यायको स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पाँच करोड ७२ लाख २८ हजार २ सय ६४ रुपैयाँको बजेट प्रस्तुत गर्दै यसवर्ष कलेजले अनुसन्धानमूलक गतिविधिको लागि २८ लाख ७५ हजार बजेट विनियोजन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कलेजको शैक्षिक गुणस्तर बढ्दै गएको, उत्तीर्ण दरमा उत्कृष्ठ नतिजा हासिल गर्नुका साथै विद्यार्थी भर्ना वृद्धिले उत्साहित भएको उहाँले बताउनुभयो ।
अनलाइन जुम कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले कलेज र विद्यालयले झण्डै एक करोडको छात्रवृत्ति दिँदै आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले विद्यालय कलेजको प्रगति हेर्न नचाहने तत्वहरु निहुँ पाएपछि जसरी पनि बिगार्ने भड्काउने दाउमा रहने बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समुदाय सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, विद्यालयको सहायक प्र.अ. कृष्ण प्रसाद कर्माचार्य, कलेजका लेखा सहायक रमेश गोसाईलगायतले बोल्नुभएको थियो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














