भान्छाघर नै औषधालय विषयकको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा स्वास्थ्य उपसमितिको आयोजनामा मिति २०८३ असार २५ गते संस्थाको सदस्यहरुलाई हाम्रो दैनिक खानपान र भान्छामा उपलब्ध प्राकृतिक जडीबुटी तथा मसलाहरुलाई कसरी प्राथमिक उपचारका साथसाथै स्वास्थ्य रक्षाका लागि प्रयोग गर्ने गराउने उद्देश्यले वागमती प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुर कमलविनायकका डा. नन्दन कँडेलको प्राविधिक सहयोगमा भान्छाघर नै औषधालय विषयकको अभिमुखिकरण कार्यक्रम संस्थाको तालिम हलमा सम्पन्न भयो ।



संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालबाट संस्थाको गतिविधिहरु प्रस्तुत गर्नुको साथै सहकारी संस्थाले सदस्यहरुको आर्थिक समृद्धिसंगै स्वास्थ्य, शिक्षा र सामाजिक सचेतनालाई पनि प्राथमिकता दिन्दै आएको व्यक्त गर्दै सामान्य स्वास्थ्य समस्याका लागि अस्पताल गई महँगो ओषधि –विशेष गरी पेनकिलर र एन्टिबायोटिक सेवन गर्ने बानीलाई निरुत्साहित गरी प्राकृतिक उपचारतर्फ आकर्षित गरि खर्चलाई न्युनिकरण गरी सदस्यहरुको जीवनस्तर उकास्नु रहेको कुरा व्यक्त गर्नुभयो । साथै यो अभिमुखिकरण अत्यन्तै समयसापेक्ष व्यवहारिक र जीवनोपयोगी रहेको व्यक्त गर्दै रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै सबैभन्दा ठूलो उपचार हो । जस्को लागि सन्तुलित आहार पोषणमुक्त भोजन, नियमित व्यायाम, सरसफाई, पर्याप्त विश्राम र सकारात्मक जीवनशैली अपनाउन सकेका धेरै रोगबाट बच्न सकिन्छ । त्यसैले हाम्रो भान्छाघरलाई नै स्वास्थ्यको पहिलो आधार र प्राकृतिक औषधालयका रुपमा विकास गुर्न आजको आवश्यकता हो भनी व्यवस्थापक शिवजी हाकुदुवालले जोडदिनु भएको थियो ।
उक्त अभिमुखिकरणका प्राविधिक सहयोगी डा. कँडेल र डा.इला पौडेलबाट हाम्रो भान्छघरमा नियमित प्रयोग हुने जिरा, मरिच, बेसार, अदुवा, असुन, मेथी, ज्वानो, तुलसी र कागती जस्ता वस्तुहरुको आयुर्वेदिक तथा वैज्ञानिक महत्वबारे जानकारी गराउँदै कुन मसलाले शरीरमा कस्तो प्रभाव पार्छ र यसले रोग प्रतिरोधात्क क्षमता कसरी बढाउँछ भन्ने जानकारी गराउनु भयो । “खाना नै औषधि हो” भन्ने मान्यतालाई आत्मसात गर्दै ऋतु र मौसम अनुसार कस्तो खाना खाने, कस्ता खानेकराहरु संग खानु हुँदैन(बिरुद्ध आहार) र खाना पकाउने सही तरिका, बिषदीमुक्त अनि सन्तुलित भोजनबाट हाम्रो स्वास्थ्य राम्रो हुने कुरा व्यक्त गर्नुभयो ।
युवा तथा स्वास्थ्य उपसमितिका सदस्य रोशना सुवालले उदघोषन गर्नुभएको कार्यक्रममा उपसमिति सदस्य पुण्य कृष्ण भुजुले स्वागत मन्तव्य, सचिव विष्णु प्रसाद सुवाल, संयोजक पुनेन्द्र प्रसाद कुसीले सहकारी सदस्यहरु तथा स्वास्थ्य प्रति सचेत नागरिकहरुका लागि निकै उपयोगी हुने र हाम्रा पुस्ताले प्रयोग गर्दै आएको घरेलु तथा आयुर्वेदिक उपचार पद्धतिलाई आधुनिक परिपेक्ष्यमा बुझाएर जीवन्त राख्नुपर्ने कुरालाई जोड दिनु भएको अभिमुखिकरण कार्यक्रममा ४५ जना सदस्यहरुले उपयोगी मुलक स्वास्थ्य बर्दक ज्ञान हासिल गर्नु भएको हुनाले सहभागि सदस्यहरु खुशी र सहभागिता सार्थक भएको कुरा व्यक्त गरेको थियो ।














