पाँचौ केन्दमा रनिङ्ग शिल सेक्रेटहटले जित्यो ।
भक्तपुर, फाल्गुण ४ गते
पाँचौ केन्दमा रनिङ्ग शिल प्रतियोगितामा सेक्रेटहर्ट स्कूल प्रथम हुँदै रनिङग शिल पनि हात पारेको छ । नेपाल केन्दमा नेटवर्कले पारागण एकेडेमी प्रांगण कमलविनायकमा आयोजित सो प्रतियोगितामा ९९ वटा विभिन्न प्रतियोगिताहरु आयोजना भएको भन्दै नेटवर्कका प्रमुख पुण्यराम कवांले विजयी टोलिलाई आजै पुरस्कृत गरेको छ । प्रतियोगितामा दोस्रो डेमोस स्कुल र तेस्रोमा एस.एस. सडन भएका थिए भने फाइनल सकिला प्रतियोगितामा पनि सेक्रेटहर्ट स्कूल प्रथम, हिमालयन स्कूल दोस्रो तथा पारागण एकेडेमी तेस्रो र डेमोस स्कूल सान्त्वना भएका थिए ।


२०७२ साल देखि जापानिज स्वयम्सेवकहरुले नेपाल भित्र्याएको केन्दमा खेलले बालबालिकाको बौद्धिक तथा शारीरिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ भक्तपुरबाट यो खेल प्रवर्धन हुँदै आएको नेपाल केन्दमा नेटवर्कले जनाएको छ । आज भएको प्रतियोगितामा १४ विद्यालयका एक सय भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । यो खेलले बालबालिकामा मोबाइलको लट हट्ने, पढाईमा एकाग्रता बढ्ने अध्यताहरुको विश्लेषण अनुसार बालबालिकाहरुलाई यो खेल प्रशिक्षण तथा प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।
एक्लै पनि खेल्न सक्ने केन्दमा खेल विदेशमा सबै समुहका मानिसहरुले खेल्ने गरे पनि नेपालमा विद्यालयस्तरमा यो लोकप्रिय हुँदै आएको भन्दै यस खेलको सामग्री नेपालमै उत्पादन गर्ने प्रवन्र्ध समेत भइरहेको उल्लेख गर्दै आयोजक नेटवर्कले खेल प्रवर्धनकालागि विभिन्न प्रशिक्षण पनि दिदै आएको बताएका छन् । आज सम्पन्न प्रतियोगितामा जापानिज राजदुतावासका प्रतिनिधीहरुको समेत सहभागिता रहेको आयोजक समितिले जनाएको छ । संसारका विभिन्न देशमा यो खेल खेल्ने प्रचलन भएपनि जापानमा विशेष महत्वका साथ केन्दमा खेल खेल्ने गरिएको छ । जापानमा केन्दमा खेलको वल्र्क कप पनि हुने गरेको उल्लेख गर्दै नेपाली खेलाडीहरु पनि केन्दमा वल्डकपमा सहभागि हुन योग्य हुँदै आएको बताएका छन ।













