भक्तपुर नगरका प्रथम नगर प्रमुख सायंजूप्रति श्रद्धाञ्जली अर्पण
नगर प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुरका प्रथम नगर प्रमुख रत्नसुन्दर साँयजुप्रति श्रद्धाञ्जली अर्पण
भक्तपुर, असार २४ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका प्रथम नगर प्रमुख स्वर्गीय रत्नसुन्दर साँयजुप्रति श्रद्धाञ्जली अर्पण गर्दै महाराजगञ्जस्थित निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो।
वि।सं। १९८१ असोज २९ गते भक्तपुर नगरपालिका वडा नं। ४ को नासमना टोलमा जन्मनुभएका रत्नसुन्दर साँयजु वि।सं। २०८३ असार १७ गते १०२ वर्षको उमेरमा निधन हुनुभएको हो। उहाँको निधनप्रति दुःख व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको विकासमा उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने बताउनुभयो । नगर प्रमुख प्रजापतिले स्वर्गीय साँयजुको योगदान भक्तपुरको इतिहासमा सदैव सम्मानका साथ स्मरण गरिने उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो।
स्वर्गीय साँयजु वि।सं। २०१० देखि २०१४ सालसम्म भक्तपुरको प्रथम नगर प्रमुखका रूपमा कार्यरत रहनुभएको थियो।
उहाँले जनकपुर चुरोट कारखाना, बासबारी छाला तथा जुत्ता कारखाना, हुलाक विभाग र वाणिज्य विभागमा प्रमुखका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो। साथै, भक्तपुर विकास सहयोग संघका संस्थापक सदस्य तथा वरिष्ठ सल्लाहकारका रूपमा पनि उहाँ लामो समयसम्म सक्रिय रहनुभएको थियो।
स्वर्गीय साँयजुको परिवारमा धर्मपत्नी राजेश्वरी साँयजु, तीन छोरा र पाँच छोरी रहेका छन्।
सोही क्रममा भक्तपुर नगरपालिका वडा नं। ४ का वडाध्यक्ष उपेन्द्र सुवालको पनि उपस्थिति रहेको थियो।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














