भक्तपुरका भैनात्वद्वारा टुर्गानको सचिवमा उम्मेदवारी घोषणा

भक्तपुरका भैनात्वद्वारा टुर्गानको सचिवमा उम्मेदवारी घोषणा

काठमाडौं । गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा भक्तपुरका युवा व्यवसायी रविन भैनात्वले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समय देखि गाईड व्यवसायमा सक्रिय युवा व्यवसायी भैनात्वले टुर्गानको शनिवार काठमाण्डौमा हुने निर्वाचनमा सचिवको उम्मेदवारी दिएका हुन । असार २७ गते प्रज्ञा भवनमा हुने निर्वाचनमा ८४६ टुर्गानका व्यवसायीहरु वीच हुने निर्वाचनमा सचिव पद्का प्रत्यासी भैनात्वले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताएका हुन् ।

सचिव पद्का प्रत्यासी भैनात्वले टुर्गानको नेतृत्वकालागि यस क्षेत्रको गुणस्तर, पर्यटकको सुरक्षा तथा देशको प्रतिष्ठा कायम राख्न गैरकानुनी रूपमा गाइडको काम गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम पूर्ण रूपमा नियन्त्रण गरी त्यस्ता गतिविधिमा कडाइका साथ प्रतिबन्ध लगाइने र ःपर्यटक पथप्रदर्शक (टुर गाइड) हरूलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम, तालिम, परियोजना तथा सम्बन्धित संस्थाहरूमार्फत आवश्यक सहयोग, अवसर र प्रोत्साहन उपलब्ध गराइने दुई वटा एजेण्डाहरु प्रस्तुत गर्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
भक्तपुरका एक किसानका छोरा भैनात्वले भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक जीवनलाई आत्म साथ गर्दै सिंगो देशको पर्यटन प्रवर्धनकालागि टुरिष्ट गाइडको रुपमा सक्रिय व्यक्रित्व हुुनु हुन्छ । देशमा २० हजार टुरिस्ट गाइडहरु रहे पनि संगठित भएका ८ सय भन्दा बढी व्यवसायीहरु बीच सचिव पद्कालागि भैनात्वले उम्मेदवारी दिएका हुन । पर्यटन प्रवर्धनकालागि टुरष्टि गाईडको महत्व र प्रभावकारीतालाई झल्काउन, पैशागत हकहित र चुनौतीहरुको सामना गर्न, व्यवस्थित र गुणस्तरीय गाइड व्यवसायलाई प्रवर्धन गर्न आफ्नो सचिव पद्कालागि सक्षम रहेको उहाँले दाबी गरेका छन् ।
भैनात्वले भने आफ्नो उम्मेदवारी केबल निर्वाचनकालागि मात्र नभई टुर्गानको गतिशिलताकोलागि हो, नेतृत्वकालागि हो, २० औं हजार यस क्षेत्रका गाइडहरुको व्यवसायिक तथा पेशागत हकहितको लागि आवश्यक नीतिगत सुधारकालागि हो । गाइड व्यवसायीहरु वीच लोकप्रिय, मिलनशाल भैनात्वले आफ्नो जीतको सुनिश्चित भएसँगै उहाँले संस्थालाई पारदर्शी, उत्तरदायी र सशक्त बनाउँ आफ्नो सक्रिय भुमिका रहने जनसञ्चार न्यूजलाई बताए् ।
सबै व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा उभिएसँगै आफ्नो जीतपछि संस्थाको हकहित र प्रेसागत क्षमता अभिवृद्धि, समस्या चौनौतिहरुको समाधानको पहलकर्मीकोरुपमा निरन्तर सक्रिय रहेने प्रतिबद्धता व्यक्त गरेका छन् । उहाँले टुरिष्ट पेसाप्रति आकर्षण बढाउन तथा यसलाई सम्मानित पेसाको रुपमा विकास गर्न मात्र नभई साँस्कृतिक तथा प्राकृतिक रुपले धनि सिंगो देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने उदेश्यका साथ सचिव पद्मा आफ्नो उम्मेदवारी रहेको बताका छन् ।