भरतपुरको हाम्रो चित्रवण साकोसमा लोकेश्वर साकोसको भ्रमण
चितवन जिल्ला भरतपुर स्थित हाम्रो चित्रवण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थलगत सहकारी अवलोकन भ्रमण मिति २०७९ माघ २९ गते सम्पन्न गरेको छ । उक्त भ्रमणको औपचारिक कार्यक्रममा दुबै संस्थाहरु बीच सहकारी सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रिया कार्यक्रममा लोकेश्वर साकोसका अध्यक्ष राजन जतिले संस्थाबाट हरेक वर्ष सहकारी अध्ययन अवलोकन गर्दै आएको र सहकारी मैत्रि अध्ययन अवलोकन भ्रमणको सहकारीमा महत्व र उपलब्धीहरुका साथै सदस्यहरुलाई सहकारी दिदै आएको विभिन्न सेवा सुविधा, सांस्कृतिक र सामाजिक उत्तरदायित्व बहन गर्ने गतिविधिहरु सम्बन्धी जानकारी दिनु भएको थियो ।

कार्यक्रममा हाम्रो चित्रवन साकोसका प्रमुख कार्यकारी अधिकृत उमेश पौडेलले उक्त संस्थामा व्यवस्था भएका विभिन्न बचत तथा ऋण लगायत विविध गतिविधि सम्बन्धी कुराहरु बताउनु भएको थियो । त्यस्तै उक्त सहकारीका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले अध्ययन टोलीलाई स्वागत गर्दै सहकारीले स्थापना कालदेखि नै समाजमा रहेर गर्दै आएका विभिन्न महत्वपूर्ण कार्य र गतिविधि सम्बन्धी जनाकारी दिनुभएको थियो । साथै सहकारी अध्ययन भ्रमण गर्नुभएकोमा लोकेश्वर साकोसलाई धन्यावाद दिनुभयो ।
उक्त कार्यक्रमामा दुबै सहकारी संस्थाबाट मायाको चिनो र आर्थिक प्रगति प्रतिवेदनका साथै संस्थाको आ–आफ्नो प्रकाशित बुलेटिन आदान प्रदान भएको थियो ।














