विषाधी न्यूनिकरणमा जनचेतनाको आवश्यकता छ ।
भक्तपुर, असार २३ गते
दैनिक जीवनमा उपयोग गरिने खाद्य पदार्थहरुमा विषाधीको मात्रा बढेको प्रति चिन्ता व्यक्त गर्दै विषाधी न्यूनिकरण बारे जनचेतनाकालागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले यसका सामग्रीहरुलाई अनलाईमार्फत भाइरल बनाउनुपर्नेमा जोड दिनु भएको छ । भक्तपुरमा आयोजित विषाधी न्यूनिकरणकालागि सरोकारवालाहरुसँग समन्वय र अन्तरक्रिया कार्यक्रममा प्रजिअ खड्काले विषाधी न्यूनिकरण बारे ज्ञानसिप आम समुदायमा दिनुपर्नेमा जोड दिएका हुन । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जिसस भक्तपुरको सहभाहलमा आयोजित सो कार्यक्रममा कृषि आधुनिकीकरण कार्यालय भक्तपुरका कृषिविज्ञ रविन्द सुवालले कृषि उत्पादन, भण्डारणमा विषाधीको सही प्रयोग गरे त्यसको असर न्यूनिकरण हुने भन्दै उपभोगक्ताले पनि तरकारी तथा फलफूलहरुको उपयोग गर्दा विभिन्न तरिकाले विषाधी न्यूनिकरण गर्न सकिने धारणा व्यक्त गरेका थिए । नेपालमा २४ प्रकारका विषाधीहरु रहेको चर्चा गर्दै उहाँले आफ्नो प्रस्तुतीमा गाधा रातो रंगको मुसा मार्ने विषाधी बाहेक नेपालमा अरु नभएको उल्लेख गर्दै तरकारी तथा फलफूल खान्दा सिजनल फलको उपयोग गर्दा पनि विषाधी कम हुने धारणा राख्नु भयो । बेमौसमी फलहरुमा बढी विषाधीको प्रयोग गरिने भएपनि खानु अगाडी नून पानीमा १५।२० मिनेट डुबाएर उपयोग गरेमा ८० प्रतिशत विषाधी नष्ट हुने, बोक्रा टासेर उपयोग गर्ने तथा धेरै दिन चिसो फ्रिजमा राखेर उपयोग गर्दा पनि विषाधीबाट बच्न सकिने धारणा राख्नु भयो । जनस्वास्थ्य अधिकृत अञ्जना खड्काले सहजिकरण गर्नु भएकोे सो कार्यक्रममा जिल्लाको सुरक्षा निकाय, विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहहरुका अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
सो अभिमुखिकरणसँगै भक्तपुर जिल्लाको विपद् व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय बैठक बसेको थियो । सो बैठकले जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने विपद् प्रतिकार्यका तयारी एवं पछिल्लो चरणमा देखिएको वल्फुको प्रभावहरु बारे समेत सरोकारवालाहरु बीच छलफल गरेको थियो
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
2026-10-07 Comments Off on धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा भक्तपुर — ट्याक्सी चालकलाई धारीलो हतियार देखाएर नगद तथा...
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
2026-10-07 Comments Off on बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा भक्तपुर — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस...
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
2026-10-07 Comments Off on सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता सूर्यविनायक, भक्तपुर — सूर्यविनायक...
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...














