उद्यमशीलताको बीउ पु“जी वितरण
२५ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुजीको तेस्रो किस्ता आज एक कार्यक्रमका बीच वितरण गरिएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उद्यमी पूर्वविद्यार्थी निष्ठा कायस्थलाई रु बाह्र लाख साठी हजारको चेक हस्तान्तरण गरिएको हो ।
वि.वि. अनुदान आयोगले उद्यमी कायस्थको निम्ति पा“च वर्षको लागि रु ३१ लाख ५० हजार रुपैया बिनाब्याज र बिनाधितो ऋण प्रदान गरेकोमा ६० प्रतिशत यसअघि नै दिइसकेको थियो भने बा“की ४० प्रतिशत आज प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सीपबिनाको शैक्षिक योग्यताले मात्र रोजगारीको भर नहुने चर्चा गर्दै अब उद्यमशील विद्यार्थीले जागिर खोज्दै हि“ड्नुभन्दा अरूलाई रोजगार दिने सोचका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहा“ले भन्नुभयो ‘अनेक कानुनी झमेला होलान्, झन्झट नमान्नुहोला, कानुनी प्रक्रिया पूरा गर्नैपर्छ । विनाधितो, विनाब्याज ३१ लाख ५० हजार ऋण पाउनु भनेको सामान्य विषय होइन । यसको लागि उद्यमशील विद्यार्थीहरूमा दृढ इच्छाशक्ति, कार्यमा समर्पण र कडा मिहिनेतको खा“चो छ, दुःख नगरी कोही केही“ सफल हु“दैन ।’


यही सन्दर्भमा उहा“ले भक्तपुर नगरपालिकाले पनि युवा उद्यमशील कार्यक्रमअन्तर्गत उद्यमी युवालाई ५–५ लाख रुपैया“को ऋण प्रदान गर्दै आएको चर्चा गर्दै रोजगारीको लागि बिदेसिने नेपाली युवालाई सक्दो रोक्ने प्रयास सबैतिरबाट हुनुपर्ने बताउनुभयो ।
सङ्घीय सरकारले युवा उद्यमशीलताको लागि पर्याप्त बजेट व्यवस्था नगरेको तथ्याङ्क प्रस्तुत गर्दै उहा“ले रोजगारीको लागि सरकारको मात्र मुख ताकेर बस्न नहुने बरु स्वरोजगारको लागि आफैले सक्दो प्रयास गर्नु उत्तम हुने विचार व्यक्त गर्नुभयो ।
आजका विद्यार्थीहरू नै देशको भविष्य निर्माता भएकाले युवा जनशक्ति विदेश नगई स्वदेशकै सेवामा समर्पित हुन उहा“ले विशेष आग्रह गर्नुभयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले उद्यमशीलताको बीउ पु“जी प्राप्त गर्न सफल वागीश्वरी कलेज उद्यमशील क्षेत्रमा देशकै नमुना कलेजको रूपमा अघि बढिरहेको उदाहरण दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहा“ले स्नातक स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई उद्योग, व्यापार, व्यवसायको नया“ नया“ परियोजनाको परिकल्पना गर्न सुझाव दि“दै अब छिट्टै नै पुनः नया“ विद्यार्थीहरुलाई उद्यमशीलताको बीउ पु“जी वितरण गर्ने जानकारी दिनुभयो । उद्यमी विद्यार्थी निष्ठा कायस्थले कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई बीउ पु“जी प्राप्त गर्ने प्रक्रियासहितको आफ्नो अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा कलेजको मानविकी सङ्कायका इन्चार्ज राजन फेलु र शिक्षिका अविना श्रेष्ठले पनि बोल्नुभएको थियो ।
वि.वि. अनुदान आयोगबाट कलेजका विद्यार्थीद्वय निष्ठा कायस्थ र कृपा प्रजापतिले बीउ पु“जी प्राप्त गर्न सफल हुनुभएको थियो । अर्का विद्यार्थी कृपाले २४ लाख १० हजार ऋण प्राप्त गर्नुभएको छ ।













