भक्तपुरमा थप ४ संक्रमितको निधन, १,३७१ जना सक्रिय संक्रमित

भक्तपुर जिल्लामा कोरोना संक्रमित थप ४ जनाको निधन, १,३७१ जना सक्रिय संक्रमित
भक्तपुर, कार्तिक २३ गते
भक्तपुर जिल्लामा कोरोना संक्रमित थप ४ जनाको निधन भएको छ । शनिबार एक्कै दिन १ महिला र ३ पुरुष गरी थप ४ जना संक्रमितको मृत्यु हुँदा कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा ८२ पुगेको छ । शनिबार एक्कै दिन ११८ जना कोरोना संक्रमित थपिन्दा जिल्लामा संक्रमितको संख्या ६ हजार ६ सय ५ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । २,८७० महिला र ३,७३५ गरी ६ हजार ६ सय ५ जना कोरोना संक्रमित भएका मध्ये २,२२६ महिला र २,९२६ पुरुष गरी ५,१५२ संक्रमितहरु कोरोनामुक्त भइ सकेको स्वास्थ्य कार्यालय भक्तपुरकका कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । संक्रमित मध्ये ३५ महिला र ५७ पुरुष गरी ८२ जनाले अहिलेसम्म ज्यान गुमाई सकेको उहाँले बताएका छन् । अहिले ६१९ महिला र ७५२ पुरुष गरी १,३७१ जना सक्रिय कोरोना संक्रमितहरु भक्तपुरमा रहेको कार्यालय प्रमुख मिजारले जनाएको छ । शनिबार मात्रै भक्तपुरमा ११८ जना कोरोना पोजिटिभ देखिएको उहाँले बताउनु भयो । यसरी पोजेटिभ देखिएका संक्रमितहरु भक्तपुर नगरका १ महिला र ५ पुरुष गरी ६ जना, मध्यपुर थिमी नगरपालिकाका १८ महिला र ३२ पुरुष गरी ५० जना, सूर्यविनायक नगरपालिकाका १५ महिला र २७ पुरुष गरी ४२ जना, चाँगुनारायण नगरपालिकाका ४ महिला र ७ पुरुष गरी ११ जना र ५ महिला र ४ पुरुष गरी ९ जना कोरोना संक्रमितहरु सम्पर्क बिहिन अवस्थामा रहेको कार्यालय प्रमुख मिजारले जनाएको छ।