विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघ्यो ।

विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघ्यो ।
विश्वभर कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघेको छ । विश्वभर कोरोनाबाट ४० करोड १६ लाख ३८ हजार मानिस सङ्क्रमित भएको कोरोनाबारे तथ्याङ्क अद्यावधिक गराइरहेको वल्डोमिर्टरसले जनाएको छ । यस्तै विश्वभर कोरोना सङ्क्रमित भएर पनि ३२ करोड १३ लाख ७२ हजार मानिस उपचार पछि निको भएका छन् ।
यसैगरि विश्वभर ५७ लाख ८४ हजार ४ सय ५८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । कोरोनाको कारण अमेरिकामा सबैभन्दा धेरै ९ लाख ३२ हजार मानिसको मृत्यु भएको छ । यस्तै भारतमा ५ लाख ५ हजार ३ सय मानिसको कोरोनाकै कारण मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाको कारण ६ लाख ३३ हजार मानिसको मृत्यु भएको छ ।
यसैबीच, रसियामा कोरोनाको सङ्क्रमणदर कम हुन सकेको छैन । रसियामा आज एकैदिन मात्रै १ लाख ८३ हजार मानिसका कोरोना सङ्क्रमण पुष्टि भएको छ । रसियामा आज मात्रै ६ सय ६९ जनाको मृत्यु भएको छ ।