नेपालमा देखियो पाँचौं जनामा कोरना भाइरसको संक्रमण

भक्तपुर, चैत्र १५ गते
बेल्जियमबाट कतार हुँदै नेपाल आएका २२ वर्षिय एक नेपाली  महिलामा कोरना भाइरस कोभिड १९ देखिएको छ । चैत्र ४ गते नेपाल आएका उनको स्वाब परीक्षणमा कोरना पोजेटिभ देखिएपछि नेपालमा पाँचौ जनामा कोरना भाइरस संक्रमण भएको पुष्टि भएको  हो । सो बारेमा थप अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ । सक्रमित महिला हाल उपत्यका बाहिर रहेको भन्दै लक डाउनलाई कडाईका साथ पालना गर्दै स्वाब परीक्षणलाई थप प्रभावकारी बनाउन आवश्यक भएको मन्त्रालयले औल्याएको छ । बागलुङकी युवती चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो । त्यही विमानमा आएकी १९ वर्षीया एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण भएको यही चैत १० मा पुष्टि भएको थियो ।