भक्तपुर जिल्लाका  मतदान स्थल र मतदान केन्द्रको  गरियो अध्याबधिक 

भक्तपुर जिल्लाका  मतदान स्थल र मतदान केन्द्रको  गरियो अध्याबधिक

भक्तपुर, माघ ११ गते

भक्तपुर जिल्लाका ६ मतदान केन्द्र थप भएको छ भने १ मतदान स्थल कम गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्राईको अध्यक्षतामा आइतवार बसेको बैठकले भक्तपुर नगरपालिकाका ३ वटा मतदान स्थल तथा केन्द्र, सूर्यविनायक नगरपालिकाको एक वटा र मध्यपुर थिमी नगरपालिकाको २ वटा मतदान स्थल र केन्द्र स्थानान्तरण गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । आगामी निर्वाचनको लागि मतादाता नामावली अद्यावधि कार्य थालि रहेको सो कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा अव २१५ मतदान केन्द्र हुने भएको छ भने ७७ वटा मतदानस्थल कायम गरिएको छ । २०७४ सालको निर्वाचनसम्ममा २०९ मात्र मतदान केन्द्र रहेकोमा आईतबार बसेको बैठकले ६ केन्द्र थप गरी २१५ केन्द्र पुर्याएको हो भने ७८ मतदान केन्द्र रहेको भक्तपुर जिल्लामा भक्तपुर नगरको वडा नम्वर ६ का दुई मतदान स्थललाई ख्वप कलेजमा स्थानान्तरण गरीएपछि कुल मतदाता स्थल ७७ कायम गरिएको छ । जिल्लामा साविकमा कायम मतदाता संख्या १,७८,०९९ छन् भने अबको अनुमानित मतदाताको संख्या १,८५,५९१ रहने निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । आज बसेको बैठकले

१० भक्तपुर नगरपालिका वडा नं ६ मा रहेका दुईवटा मतदान स्थल पाँच नं वडा कार्यालय र बाल बोध शान्ति माध्यामिक विद्यालय चोछेको भवन सानो भएकोले दुईवटै मतदान स्थलका मतदातालाई पायक पर्ने स्थान ख्वप कलेज भक्तपुर नगरपालिका वडा नं ६ लाई नयाँ मतदान स्थल कायम गर्ने ।

२० भक्तपुर नगरपालिका वडा नं २ को मतदान स्थल शारदा मावि यालाछेंको स्थान साँघुरो भएको हुदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदान स्थल कायम गर्ने ।

३० भक्तपुर नगरपालिका वडा नं ५ को मतदान स्थल वरदायणी माध्यामिक भवगतिस्थानको भवन साँघुरो भएको हुदा सोही वडाको आदर्श आजाद मा।वि। भेलुखेललाई नयाँ मतदान स्थलको रुपमा कायम गर्ने ।

४० सूर्यविनायक नगरपालिका वडा नं ५ को मतदान स्थल महेन्द्र माध्यामिक विद्यालय भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको कटुञ्जे आधारभुत विद्यालयलाई नयाँ मतदान स्थलको रुपमा कायम गर्ने ।

५० मध्यपुर थिमि नगरपालिका वडा नं ९ को मतदान स्थल हेल्थपोष्ट ठिमि साँघुरो भएको हुँदा सोही वडामा रहेको कृषि बिकास बैंक तालिम केन्द्रलाई नयाँ मतदान स्थलको रुपमा कायम गर्ने ।

६० मध्यपुर थिमि नगरपालिका वडा नं ३ मा रहेको मतदान स्थल जनप्रमी आधारभुत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदान स्थल कायम गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख भिम बहादुर बिसीले जाएको छ