श्वेत भैरव साकोसद्वारा नयाँ सञ्चालक समिति चयन

श्वेत भैरव साकोसद्वारा नयाँ सञ्चालक समिति चयन
भक्तपुर, असोज १७ गते। श्वेत भैरव वचत तथा ऋण सहकारी संस्था लि.ले आज १९ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले सम्पन्न गर्दै विद्ययमान अध्यक्ष जितेन्द्र खायमलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । वल्र्ड दरवार पार्टि प्यालेसमा आयोजित सो सधारण सभाको नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद सुरेन्द्र राज गोसाईले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको थियो ।
खायमलीको सभाअध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद गोसाईले सहकारी र बैंकिङ प्रणालीमा पैसा जम्मा गरेर मात्र जीवन नबन्ने भन्दै छिमेकी, टोल र समाजसँग राम्रो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो। नयाँ पुस्ताले संस्कार, व्यवहार, काम र ज्ञानलाई जोगाउनुपर्ने र भाइरल हुने होडबाजीभन्दा स्वास्थ्य तथा समाजको वास्तविकतातर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो। सो अवसरमा भूर्गर्भविद् सुवेगमान बिजुक्छेले नेपालमा बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक विपद्को जोखिम उच्च रहेकाले भूकम्पप्रतिरोधी घर निर्माण, डोजरे विकास नियन्त्रण र पुराना घरहरूलाई ’रेट्रोफिट’ गर्ने उपायहरू अपनाउनुपर्नेमा जोड दिनुभयो।

वतावरणविद् कमलराज गोसाईंले वातावरणीय विनाश र जलवायु परिवर्तनका पछाडि पूँजीवादी सोच मुख्य कारक रहेको चर्चा गर्दै साना–साना ठाउँमा रुख रोप्ने, कौसी खेती गर्ने र वातावरण जोगाउने अभियान (जस्तैः श्वेत भैरव हरित सम्पदा पहल सञ्चालन गर्नुपर्ने बताउनुभयो। भ्नपा ८का वडाध्यक्ष कृष्णप्रसाद कोजूले सहकारी र अर्थशास्त्रको महत्त्वबारे स्पष्ट पार्दै वडाभित्रका स्वास्थ्य, वातावरण, कृषि उत्पादन, कोल्ड स्टोर सञ्चालन तथा सडक सुरक्षा (स्पीड ब्रेकर) सम्बन्धी स्थानीय विषयहरूमा ध्यान दिनुपर्ने बताउनुभयो। संस्थाका संस्थापक नातीभाइ ह्योम्बा (सलाहकार) र लक्ष्मीनारायण दुवालले नयाँ कार्यसमिति तथा सदस्यहरूको जिम्मेवारी, सहकारी क्षेत्रका नियम–कानुन र जनताको पक्षमा उभिनुपर्ने आवश्यकताबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो साधारण सभा तथा अधिवेशनबाट विद्यमान अध्यक्ष जितेन्द्र खायमली, उपाध्यक्षमा रत्नप्रसाद सैंजू,सचिवमा लक्ष्मीप्रसाद दुवाल, कोषाध्यक्षमा सुमन बोहजु, सदस्यहरुमा राम भैनात्व, सुमित्रा बोहजू, पञ्चमाया दुवाल, सुपिम बोहजू, रुजल दुवाल, राजमति गति निर्वाचित गरेका हुन । लेखा संयोजकमा सुनिल वोहजू, सदस्यहरुमा विकास कोजू, पूजा दुवाल रहेका छन् । नवनिर्वाचित पदाधिकारीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएक थिए ।