आर्थिक विकासमा ब्यवस्थापनको भूमिका विषयक दुई दिने राष्ट्रिय सम्मेलन ख्वप कलेजमा आयोजना हुने

आर्थिक विकासमा ब्यवस्थापनको भूमिका विषयक दुई दिने राष्ट्रिय सम्मेलन ख्वप कलेजमा आयोजना हुने
भक्तपुर, जेष्ठ २६ गते
आर्थिक विकासमा ब्यवस्थापनको भूमिका विषयक दुई दिने राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा सो सम्मेलन जेष्ठ २९ र ३० गते आयोजना गर्ने ख्वप कलेजका प्राचार्य रुपक जोशीले बताउनु भएको छ । २०७६ सालमा पहिलो सम्मेलन पछि दोस्रो पटक यसपालि सो सम्मेलन आयोजना गर्ने अन्तिम तयारी भइरहेको भदै प्राचार्य जोशीले शैक्षिक क्षेत्रलाई अनुसन्धानमूलक बनाएर देशको आर्थिक विकाससँग जोड्न सम्मेलन सफल हुने बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले उद्घाटन गर्नु हुने सो सम्मेलनमा ३९ वटा कार्यपत्रहरु प्रस्तुतीकालागि तयारी भएको प्राचार्य जोशीले बताउनु भयो ।

देशभरका १०० जना अध्ययताहरुको सहभागितामा प्रोफेसर डाक्टर पुस्कर बज्राचार्य, डा.प्रा. धुर्वकुमार गौतम, डा. रामकुमार फ्याल, डा. रघुबीर विष्ट, डा. योगेश रञ्जितले पहिलो दिनमा आआफ्नो अनुसन्धानमुलक विषयवस्तुको प्रस्तुती गर्ने छन् भने दास्रो दिन प्राडा अर्चन स्थापित, डा. जितेन्द्र डंगोल, नरवहादुर विष्ट, डा. गोविन्द तामाङ, डा. विनोद कुमार श्रेष्ठले प्रस्तुतीकरण गर्नुहुने प्राचार्य जोशीले बताउनु भयो ।
कमजोर अनुसन्धानमुलक शैक्षिक गतिविधि भइरहेको बेला यो सम्मेलनले राष्ट्रय उत्पादन बढाउन, शिक्षालाई श्रम उत्पादनसँग जोड्न महत्वपूर्ण र उपलब्धीमुलक अनुसन्धानको निष्र्कष सम्मेलनबाट दिन सकिने प्राचार्य जोशीले विश्वास छ । सम्मेलनको समापन जेष्ठ ३० गते साँझ नेमकिपा सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यतामा हुने छ ।