फैसला कार्यान्वयनतर्फका ३ जना फरार प्रतिवादी पक्राउ

फैसला कार्यान्वयनतर्फका ३ जना फरार प्रतिवादी पक्राउ

भक्तपुर।

अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहँदै आएका तीन जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले २०८३ असोज १३ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा:

बैंकिङ कसुर मुद्दाका: २ जना (जम्मा २ दिन कैद र रु. ९३,७७५/- जरिवाना)

लागू औषध मुद्दाका: १ जना जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) दिपक कुमार कार्कीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई तीव्र बनाउने अभियानअन्तर्गत फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालत पेस गरिएको हो।