मल्लकालिन सभ्यतालाई जीवन्त राख्दै थथु बहीमा मनाईयो सम्यक महादान

मल्लकालिन सभ्यतालाई जीवन्त राख्दै थथु बहीमा मनाईयो सम्यक महादान
भक्तपुर, माघ १ गते
माघे संक्रान्तिका दिन आज सम्यक महादान सहयोग समितिको सक्रियतामा भक्तपुरमा सम्यक महादान पर्व मनाएकोे छ । करिब ३ सय वर्ष पूरानो मल्लकालिन यस पर्वलाई जीवन्त राख्दै भक्तपुरका शाक्य बज्राचार्य समुदायले धुमधामले सम्यक महादान पर्व मनाएका हुन । भक्तपुर नगरपालिका वडा नं. १ स्थित थथुबही प्रांगणमा सदा झै यस वर्ष पनि आयोजना गरेको सम्यक महादान पर्वमा हजारौ भक्तजनहरुका साथ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, यसै गरी नेपाल प्रहरीका एसएसपी किरण बज्राचार्य सहितका आतिथिहरुले अभिरुचि पूर्व सम्यक महादान पर्व अवलोकलन गरेका थिए । भक्तपुर नगरका विभिन्न क्षेत्रमा रहेका ५ ऐतिहासिक बुद्ध अर्थात दिपंकरका मुर्तिहरुलाई थथुबहीमा विराजमान गराई परम्परा अनुसार सम्यक अर्थात तिलको भात (हाम्रो जा नकेगु) खुवाएका थिए । आफूसँग भएको बढी चिज दान गर्नुपर्छ भन्ने भावनाका साथ सम्यक दान स्वइच्छाले जहिले गरेनी हुने भएपनि माघ १ गते भने सम्यक महादानको रुपमा पृथ्वीबाट उब्जनि हुने चिजहरु दान गरेर मनाउने परम्परा नै सम्यक महादान भएको आयोजक समितिका रविकिरण ब्रजाचार्यले बताएको छ ।

Facebook

मल्लकालिन सभ्यतालाई जीवन्त राख्दै थथु बहीमा मनाईयो सम्यक महादान


हिजो निम्तो दिएको क्वाथण्डौको प्रशन्नशिल विहार, गोल्मढीको झोरबही र साकोठाको ऐतिहासिक बहीका दिपंकरहरुलाई थथुबहीमा स्वागत गर्दै सम्यकदान गरेका थिए । सो अवसरमा थथुबही जिर्णोद्धार तथा संरक्षणकलागि जग्गादान गर्ने ४दाताहरुको दिपंकरहरुसहित गुठीका नाइकेहरुलाई पनि यस अवसरमा सम्यकदान गरेका थिए । भने जीवनमा एक पटक भन्ते हुनुपर्ने मान्यता अनुसार प्रवज्या गरेका अन्य शाक्य बज्राचार्यहरु सन्ततीहरु पनि थथु बही परिसरमा सहभागि थिए । तिनिहरुलाई पनि परम्परागत लडु र स्वारी सहित विभिन्न खाद्यान्न, पैसा, चाकलेटहरु दान गरेका थिए । यस अवसरमा स्वइच्छाले दान दिन सकिने सम्यक महादान समितिले जनाएको छ ।