पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप एक हजार २३४ जना सङ्क्रमणमुक्त, १६ संक्रमितको मृत्य ।

पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप एक हजार २३४ जना सङ्क्रमणमुक्त, १६ संक्रमितको मृत्य ।
पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ५४० पीसीआर परीक्षणमा ८३५ जना र दुइ हजार ८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी एक हजार ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एक हजार २३४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ । आज सक्रिय सङ्क्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १ हजार ४४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।