विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय ।

विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय ।
अफगानिस्तानमा सरकार चलाइरहेको तालिवानले देशमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अब आन्तरिक कारोबारमा कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइए कारवाही गर्ने चेतावनी दिनुभएको छ । देशको आर्थिक र अन्य फाइदाको लागि स्वदेशी मुद्रा नै प्रयोग गर्नुपर्ने भन्दै उहाँले विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभयो । तालिवानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि अफगानी मुद्रा कमजोर हुँदै गएको छ । यस्तोमा अफगानिस्तानभित्र व्यापारिक कारोबार अमेरिकी डलरमा भइरहेको छ । यसले झन् कमजोर बनाउने भन्दै तालिवानले वदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।