पहिरो जान्छ भन्दा भन्दै गयो दिदी बहिनीको ज्यान
नैचालबस्ती अझै पहिरोको जोखिममा
भक्तपुर, असोज १४ गते
पहिरो जाने पूर्व जानकारी र सचेत रहेकी बिदुर तामाङको आमा पहिरोबाट पुरिएरै निधन भएको खुलेको छ । शनिबार विहान ५ बजे देखि सुति रहेका छोरा बिदुरलाई घर वरपर पहिरो गईसक्यो, तहरा वरपरपनि पहिरो जाने ढाँजा फातिसक्यो सुतेर नबस, उठ् छोरा भन्दै बीउताउने आमा र सानी आमा सोहि दिन विहान ६ बजे गएको पहिरोले पुरेर निधन भएको बिदुरले जनाएको छ । मृत्तक आमा र सानी आमाको अन्तिम संस्कारको क्रममा उनले आफूलाई बचाएर आमा निधन भएको खुलाएका छन् । बुबापनि सँगै आँगनमै रहेपनि भाग वुवा भन्दा भन्दै आफू मात्रै भाग्न सकेको बुबा पनि पहिरोले पुगेको तर केही समयपछि बुवा भने आफै पहिरोबाट बाहिर आउन सफल भएको उनले बताए । तहराभित्रै रहेकाले आमा र सानी आमा पहिरोमै पुरेर निधन भएको उनले बताए ।
भूकम्पपछिको तहरामै रहेका ति तामाङ परिवारलाई आफ्नो तहरा क्षेत्रमा पनि पहिरो जान्न सक्छ भन्ने पूर्वानुमान थियो विदुरले भने पानी परिरहेको थियो, घर अगाडीको खोलामा भेल बगेको थियो, सुरक्षित ठाउँमा जाने बाटो थिएन, विकल्प नै थिएन । पछाडिबाट केही आए जस्तो भयो, आफूलाई लाग्यो पनि भाग बुबा भाग भन्दै आफु चाही भाग्न सफल भएको विदुरले सुनाए ।
बुवा झाँक्री भएकाले विरामी परेकी सानीआमा बिदुरको घरमा उपचारकालागि आएकी थिइन्, विरामी सानीआमालाई चिया खुवाउन तहरामा पुगेकी बिदुरका आमा पनि छेनभरमा आएको पहिरोबाट पुरिनु भयो । खोज्न पनि सकिएन, विहान गएकोपहिरोले पुरिएको मानिस साँझ ४ बजे मात्रै खोज्न सक्यिो, बिदुरले भने । पहिरो पन्छाएर भेटिएको लास पनि पोसमार्तमकालागि आईतबार मात्रै अस्पताल ल्याएको नैचालबासीहरुले बताए । नैचालमा जतातै पहिरो गएकाले लासलाई गाउँ नफाईकन हनुमानघाट मै अन्तिम संस्कार गरेको थियो । सयौं नैचालबासीहरुले तामाङ दिदी बहिनीलाई हनुमानघाटमै आईतबार साँझ बौद्ध संस्कार अनुसार अन्तिम संस्कार गरेको थियो ।


स्थानीय जनप्रतिनीधिहरुले पहिरो पीडितहरुलाई भेटेर केही राहात र आश्वासन दिए पनि नैचालका १०।१५ घर अझै जोखिममै रहेको भन्दै स्थानीय जीतबहादुर तामाङले पीडितहरुकालागि छिट्टै गाँस, वास र कपासको व्यवस्था हुनुपर्ने र जोखिममा बसिरहेको समुदायलाई सुरक्षित स्थानमा सानुपर्ने चुनौती रहेको बताए ।
पहिरोका प्रत्यक्षदर्शी विदुरका छिमेकी अमित तामाङ भन्छन् नैचालमा जताततै गएको पहिरोका कारण पहिरोमा पुरिएको देख्दा देख्दै उद्धार गर्न सक्ने अवस्था थिएन, रोई कराई दिन बतेको उनले सुनाए । आफ्नो घर पनि पहिरोको जोखिमै रहेको भन्दै उनले भने पानी रोकिएपछि र खोलाको भेल कम भएपछि मात्रै घाईतेको उद्धार र पुरिएकाहरुको खोजी गर्न सकेको थियो । माटो, ढुंगा र रुख सहितको भयंकर पहिरो गएको देखेर पुरिएकाहरुको तत्काल उद्धार गर्न पनि संभव नभएको, उद्धार गरे पनि बाँच्न सक्ने अवस्था थिएन उनले भने उद्धार गर्दा मृतकको आँखा पुतेको, दात झरेको, हात खुट्टा भाचेको अवस्था पाएको उल्लेख गर्दै अमितले नैचालको वस्ती पहिरोको उच्च जोखिममा रहेको बताए ।
स्थानीय सरोजकुमार तामाङ पनि अन्तिम संस्कारमा सहभागि हुँदै नैचालमा बिगत वर्षको तुलनामा यस वर्ष बढी पहिरो जाँदा नैचालबासी थप जोखिममा परेको बताए । पीडितलाई उचित राहतको आवश्यकता भएको भन्दै उनले जोखिमयुक्त बस्तीलाई बिकल्प दिनुपर्ने बताए । बिदुरले भने आफूहरु पहिरो पीडित भइरहँदा कहि कतैबाट राहात पाउने आस नगरेको गाँसकोलागि समस्या नहोला, बाँसको लागि समस्या रहेको बताए । २०७२ सालको विनासकारी भुकम्पले भत्केको ढुगा माटोको घर बनाउन नपाउँदै तहरामा बस्दै आएका बिदुर पहिरोपछि मामा घर बस्न थालेको भन्दै उनले पहिरोबाटै सक्त घाइते आफ्नो झाँक्री बुबाको आइस्युमा राखेर उपचार भइरहेको बताए । घाइते तामाङ खतरामुत्त रहे पनि बोल्न सक्ने अवस्थामा नरहेको शरीरका विभिन्न भागमा चोत रहेको जानकारी दिदै जीतबहादुर तामाङले भने घाइते तामाङ आफै पहिरो पन्छाएर बाच्न सफल भएका थिए ।












