संसदलाई प्राज्ञिक ठल्लो बनाउनुपर्नेमा सांसद सुवालको जोड

संसदलाई प्राज्ञिक ठल्लो बनाउनुपर्नेमा सांसद सुवालको जोड
काठमाण्डौ, असार २८ गते
राजनैतिक दल दर्शन बर्ग आधारमा सञ्चालन हुने हो भन्दै नेमकिपा सचिव एवं संघिय सांसद प्रेम सुवालले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एउटा पार्टीले अर्को पार्टीको निर्वाचन चिन्हमा मतदान गर्न दिनु सिद्धान्तनिष्ट होइन भनेका छन् । शुक्रबार प्रधानमन्त्रीको विश्वासको मतकालागि भएको प्रतिनिधी सभामा बोल्दै सांसद सुवालले यो शहीदहरुको सपना पनि होइन, सरकारमा जाने राजनैतिक दलहरुले देश र जनताको समस्याको समाधान तयार गरेपछि मात्रै संयुक्त सरकारको सहमति हुनु जरुरी छ भनेका छन् । उहाँले अहिले संयुक्त सरकार गठनको सम्झौता पारदर्शी नहुनु जनतामाथि विश्वासघाट हो । सरकारमा जानेहरुसँग नीति र प्राथमिकता नभएमा ३ महिना, ३ वर्ष वा बढी समय तिके पनि देश र जनताको समस्या समाधान हुने छैन । सांसद सुवालले भनेका छन्, अबको सरकार पनि भागबन्दा विवादमा छिट्टै भत्किने त होइन? प्रश्न उठि रहेको छ । देश र जनताको हितविपरितका कामहरु संसदको बहुमतले परित गरेपनि जनतालाई मान्य हुने छैन । सरकारी सुविधा पाएकाहरुलाई सर्वसाधारण जनताले भेट्न मुस्किल किन हुन्छ ? बहुदलिय व्यवस्था पुनःस्थापना भएपछि संसद र सरकार गठन र विघटन ३५ वर्ष चलि रहयो । संसदमा सांसदहरुले बोलेका विषयहरुलाई सरकारबाट सम्बोधन नहुँदा सरकारप्रति जनताको विश्वास घट्यो ।
सांसद सुवालले भन्नु भयो, ‘सांसद हाजिर गर्ने, केहीले बोल्ने केहिले बोल्दै नबोलि बाहिरिने ठल्लो बन्यो । आउने सरकारले संसदलाई प्राज्ञिक थल्लो बनाउने, जनताका अप्ठेरो सल्ताउने थल्लो बनाउने, पहिरो र डुवानबाट पीडित जनतालाई सुरक्षित राख्ने, पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु ।’ उहाँले भन्नु भयो, प्राकृतिक विपतिहरु वर्षेनी देखिएकै हो । सरकारहरु पूर्व साबधानीमा असफल हुँदा जनधनको बढी क्षति हुनु हो । अस्थिर हुनुको कारण संसदमा धेरै संख्या भएका साशक दलका केही सांसदहरु पटक पटक प्रधानमन्त्री बन्ने लालचा नैहो । संविधान संशोधनमा अर्थतन्त्रको सामाजिकिकरण, नेपालीको सम्पतिको सिमाकन, विदेशमा सम्पति राख्न नपाउने व्यवस्था हुनु पर्दछ ।


प्रधानमन्त्रीको विश्वास र अविश्वसको मत विरुद्ध तथक्ष्ट मत जाहेर गर्दै सांसद सुवालले राजनैतिक दल विरुद्ध मतको सिमा प्रजातन्त्र र संविधान विपरित हो । प्रतिपक्ष कमजोर भए प्रतिपक्ष कमजोर हुने र संसद प्रभावकारी नहुने हुन्छ । माक्र्सको मृत्युपछि पूजीबाजी निर्वाचन जितेर सरकारमा जाने संशोधानबादी नीति ल्याउने पहिलो व्यक्ति माक्र्स कै शिस्य जर्मनीका बर्निस्टिम हुन । एउटा पार्टीको ११ पटक अर्को पार्टीको ५ पटक तेस्र्रोे पार्टीको ४ पटक सरकार गठन भयो तर सरकारहरुले नेपाल रेडक्रस सोशाईटीमा भएको ब्लड व्याज तथा जग्गा खरिद, भवन निर्माण तथा भवन, जग्गा बहालमा अर्बौ भ्रष्टाचार, रेडक्रसको केन्दीय रक्तसञ्चार केन्द्रबाट संकलित रगतको गुणस्तरमा त्रुटि, रेडक्रस संस्था विना दर्ता सञ्चालन सम्बन्धि अनियमितता बारे १८ वटा प्रतिवेदन तयार हुँदा पनि दोसिलाई जेल नपठाएको चिन्ताको विषय हो भनेका छन्। उहाँले सरकारहरुले असि लाख भन्दा बढी युवाहरुलाई वैदेशिक रोजगारमा पठाएको, नेपालको उर्बरभूमी मरुभूमीमा परिणत गरेको, दालचाम समेत भारतबाट खरिद गरेको, सार्वजनिक ऋण २४ खर्ब पुर्याएको, सार्वजनिक संस्थाहरुलाई भ्रष्टाचार र घाटामा पठाएर, कौदिको मूल्यमा विदेशीलाई समेत बेचेको चिन्ताको विषय हो भनेका छन् । नेमकिपाका सचिव समेत रहेका सांसद सुवालले नेपाली युवालाई भाडाको सिपाई बनाउने बेलायत र भारतसँगको त्रिदेशीय सम्झौता खारेज नगरेको, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने, सन् १९५०को नेपाल भारत सन्धि खारेज नगरेको, नेपालसँग खुल्ला सिमानामा ७१स्थान भन्दा बढी स्थानमा भारतबाट अतिक्रमित ६० हजार हेक्टर भन्दा बढी नेपाली जमिन फिर्ता नलिएको, लिम्पियाधुरा नेपाली राजनैतिक नक्सामा समेतिए पनि त्यहाँ राजनैतिक र प्रशासनिक उपस्थिति नगराएको, नेपाल र भारत दुबै देशको हितको निम्ति नेपाल र भारतको सिमानाको नियमन र बन्द नगरेको चिन्ताको विषय बताएका थिए । उहाँले सरकारहरुले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क नगरेको, विश्व विद्यालय शिक्षा निःशुल्क नगरेको, शिक्षालाई उत्पादन सिपसँग जोड्ने गरी भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालयको अनुमति र सल्लाघारिस्थित नेपाल ट्रष्टको जिम्मामा रहेको भक्तपुरकै जनताको अधिग्रहणमा परेको १सय ८ रोप्नी जग्गा प्रदान नगरेको, कमैया, कमलरी हरुवा चरुवा, हलि गोठालो लगायत जोत्नेलाई जग्गाको मोहियानी हक नदिएको, नेपाल बायुसेवा निगमलाई ५० अर्व ऋण बोकाएको, वाइडबदिमा साह्रे ४ अर्व र टेरामक्स खरिदमा अरबौ भ्रष्टाचार, सहकारीको अरबौ थगि, नेपालीलाई भूटानी शरणार्थी बनाउने, हजारौ तन सुन तस्करि गर्नेलाई सम्पति जफत गरी जेल सजाय नदिएको, सवारी चालक चालक अनुमति पत्र लाखौको नकलि बितरणमा भ्रष्टाचार, गिरिबन्दु टिस्टे जग्गा, काठमाण्डौ थंह बैंको कमलपोखरी र बगैचा लगायत सरकारी जग्गा, बनजंगल, सम्पदा विक्रि गराउने वा व्यक्तिको नाममा दर्ता गराउनेलाई जेल नपठाएको चिन्ताको विषय बताएका थिए ।
सांसद सुवालले ‘नेपालको उर्बरभुमीमा सरकारहरुले नेपालको विजुली र पानी भारतलाई दिएर महंगोमा भारतबाट खाना पकाउने ग्यास र पेट्रोल, डिजेल किनेको, प्रविधि भित्र्याउने नाममा विदेशी पूजी ल्याएर देशलाई नवउपनिवेदश बनाएको यो चिन्ताको विषय हो । यस कारण अवको सरकारले यी सबै विषयलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु ।’ भनेका छन् ।