बिश्व मुटु दिवसकाे अवसरमा दीप प्रज्वलन

बिश्व मुटु दिवस- २०८१ (29 September) काे अवसरमा नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे अायाेजनामा भक्तपुरकाे एेतिहासिक धराेहर पाँचतले मन्दिरमा सबैकाे सुस्वास्थ्य र स्वस्थ मुटुकाे कामना गर्दै दीप प्रज्वलन गरी मनाइयाे । प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार, शुभेच्छुक, बिदेशी पर्यटकहरू, अागन्तुकहरू, विभिन्न संघ संस्थाका व्यक्तित्वहरू गरी ७० जनाकाे सक्रिय सहभागिता रहेकाे उक्त दीप प्रज्वलन कार्यक्रमलाई बिदेशी पर्यटकहरूले निकै अभिरूचिपूर्वक अवलाेकन गरेका थिए । याे वर्षकाे नारा ” Use Heart For Action- , काम गराैं, मुटु बचाअाैं” भन्ने नारालाई अात्मसात् गर्दै सबैजना मुटु बचाअाैं अभियानमा सरिक हुन समेत उक्त कार्यक्रममा अाह्वान गरिएकाे थियाे । शाखाका उपसभापति राजुराम मुनंकर्मीले पहिलाे दीप प्रज्वलन गरी शुरूवात गरेकाे कार्यक्रममा शाखाका अन्य पदाधिकारी र सदस्यहरू, सल्लाहकारहरू,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विदेशी पर्यटकहरू, अागन्तुकहरूले समेत दीप प्रज्वलन कार्यमा अाफ्नाे सहभागिता जनाएका थिए ।