सहकारीले देश विकासमा ठुलो भूमिका खेल्दै आएको छ

सहकारीले देश विकासमा ठुलो भूमिका खेल्दै आएको छ

 १ कार्तिक। उपासना बहुउध्देश्यीय सहकारी संस्था लि.बाट आयोजित सहकारी शिक्षा तथा विजया दशमी शुभकानमा कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्शका केन्दिय सदस्य एवं भौतिक पुर्वाधार उपसभापति तथा संस्थाका अध्यक्ष रोशन भयोध्योले पानसमा दिप प्रज्वलित गरि गर्नु भयो । प्रमुख अतिथि भयोध्योले सहकारीले देशको विकासमा ठुलो भुमिका खेल्दै आएको कुरा बत्ताउनु भयो । हाल केहि संस्थाका केहि मानिसहरुले जनताको पैसा ब्यक्तिगत रुपमा दुरुप्रयोग भएकोले सहकारी संस्थाप्रति जनमानसमा आस्था कम भएको देखिन्छ। यस संस्था शुरु बर्षदेखि नाफामा चलेकोले संस्थाको भबिष्य राम्रो भएको कुरा बत्ताउनु भयो।

       संस्थाका उपाध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक सृजना महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सहकारी प्रशिक्षक राजकुमार श्रेष्ठले सहकारी शिक्षा सम्वन्धि प्रशिक्षेण दिनु भयो। कार्यक्रममा  सचिव रंजित मारिखु, अरनिको सिंह र मुक्तिसुन्दर जधारी लगायतका महानभावहरुले बोल्नु भएको थियो ।

               भोलि २०८०/०७०/०२ गते विजया दशमीको उपलक्ष्यमा गोपीकृष्ण नगर, चावहिल, काठमाण्डौंमा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । सो रक्तदान कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेको छ ।