झौखेलमा यथासिध्र अस्पताल स्थापना गर्न स्थानीय जनप्रतिनिधीको माग
भक्तपुर, माघ २ गते
सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रकालागि ३१ रोपनी जग्गा लिजमा दिएको चाँगुनारायण नगरपालिका वडा नं. ३ ले आज पत्रकार सम्मेलन आयोजना गरी अस्पताल यथासिग्र स्थापना गर्न आग्रह गरेको छ । जेष्ठ नागरिकहरुकालागि वृद्धाश्रम बनाउने तयारी गरेको सो क्षेत्रलाई ३० वर्षकालागि नेपाल सरकार मन्त्रि परिषदबाट कानूनी रुपमा अस्पताललाई लिजमा दिएको वर्षौ हुँदा पनि निर्माण कार्य प्रारम्भ समेत नभएको भन्दै चानपा ३का वडाध्यक्ष श्यामसुन्दर धिमालले अस्पताल र सरोकारवाला निकायको धानाकर्षण गराएका छन् ।


हामीलाई दोधारमा राख्यो न अस्पताल बनाइयो न जेष्ठ नागरिक आश्रम बनाउन दियो भन्दै वडाध्यक्ष धिमालले अस्पताललाई जग्गा जिम्मा लगाएपछि छिटो छरिटो अस्पताल निर्माण गरेर मानव अंग प्रत्यारोपण कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । स्थान अभाव भएको भन्दै अस्पतालले सेवा विस्तार गर्न नसकि रहेको बेला र अस्पतालसँग ६० करोड बजेट भएर पनि पूर्वाधार निर्माणतर्फ ध्यान नदिएकोमा वडाध्यक्ष धिमालले आपति जनाएको छ । शहरी विकास मन्त्रालयका प्राविधिकहरुले सो क्षेत्रमा अस्पताल बनाउन मिल्ने भनिरहँदा अस्पतालले डुगार्म ठाउँ परेको बाटो नमिलेको तथा भिरालो रहेको लगायतका विभिन्न बहाना बनाई अस्पताल निर्माणमा धिलाई भएको वडाध्यक्ष धिमालको आरोप छ ।













