लम्पी स्क्रिन महामारी कृषकलाई कोरोना काल जस्तै सकस

लम्पी स्क्रिन महामारी कृषकलाई कोरोना काल जस्तै सकस
भक्तपुर, श्रावण ३ गते
वरिष्ठ पशु चिकित्सकको गाउँमा पनि लम्पी स्क्रिनको महामारी फैलिएपछि कृषकहरुलाई कोरोना काल जस्तै सकस भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित बागेहिनी, अधिकारी गाउँका पशु चिकित्सक ऋषिराम लामिछाने पशु चिकित्सा क्षेत्रमा काम गर्दा गर्दै वरिष्ठ पशुचिकित्सक हुँदै रिटाय्र्ड भएर हाल घरदैलो सेवामा ब्यष्ट छन् । झन्दै एक महिना अघिबाट गाईवस्तु पालक कृषकका घर गोठमा लम्पी स्क्रिन भाइरस रोग महामारीको रुपमा फैलिएपछि उहाँलाई अहिले भ्याई नभाई छ । यो महिनामा गाउँका ३०।४० वटा गाईवस्तु लम्पी स्क्रिन संक्रमणबाट बिते । कृषकहरु पेशाबाट नै बिस्थापित हुने अवस्थामा पुग्यो । गत वर्ष सामान्य जस्तै फैलियो । उपचारकोक्रममा निको पनि भए तर यस वर्ष साह्रै सकस भयो पशुचिकित्सक लामिछानेले भने । गाईवस्तुको जीउभरी गाठागुठी आउने, ह्याकुला सुनिने, उच्च जोर आउने, खुट्टा सुनिने, खाना नखाने जस्तो कुनै पनि लक्षण देखियो भने लम्पी स्क्रिन संक्रमण नै भएको भन्दै उहाँले यस्तो अवस्थामा घरेलु तथा डक्टरी उपचार तुरुन्त गर्नुपर्नेमा जोड दिन्छन् । उपचारमा केही बिलम्ब भयो भने गाईवस्तु बित्छन् ।


गाईवस्तुको जीउभरी राता राता फोकाहरु उठेको देखाउँदै पशु चिकित्सक लामिछानेले भने एउटै गोठमा रहेका गाईहरु मध्य एउटालाई सर्ने अर्काेलाई नसरेको पनि देखियो । कारोना जस्तै भाइरसबाट सर्ने भएकाले इम्यूनिटी पावर कम भएका गाईवस्तुलाई नराम्रोसँग संक्रमण हुने रहेछ । गाईवस्तुमा यो संक्रमण देखिएपछि गाईवस्तु उभिएको उभिएं हुने, बसेपछि ठचक्कै हुने, कतिपय गाईवस्तु उभिन्दा उभिन्दै धलेको पनि देखियो उनले भने । करिब ३ किलो मिटरसम्म त्यतिकै हावाबाट पनि फैलिन सक्ने भएकाले लम्पी स्क्रिन नफैलिएको गोठ नभएको पशु चिकित्सक लामिछानेको बुझाई छ । यसले दुध उत्पादन घटेको छ । कृषकहरु चिन्तित भएका छन् ।
स्थानीय ९३ वर्षका हरिप्रसाद अधिकारीको घरमा साना ठूला गरी ५ वटा गाईवस्तु छन् । उनको जीवन कालमा कहिल्यै यस्तो संक्रमण देखेको थिएन उनले भने अव त भगवान भरोसा । अर्का ८० वर्षकी कृषक तुलाको गोठसम्म पनि लम्पी स्क्रिन फैलिएको छ । गाईवस्तु भसकै विरामी परेको छ । पहिला जस्तै स्यार्न सकिएन, साह्रै चिन्ता लागेको उनले सुनाए । नवराज लामिछानेका एउटा गाई त उपचार गर्दा गर्दै बिते । गोठसँगै खाल्डोमा पुरियो उने सुनाए । गत वर्ष यस्तै होलेष्टिक थिम्मा जातको गाई १ लाख ४७ हजारमा बेचेको, यो वर्ष अर्को बित्यो, यस्तो एउटा गाईले दिनमा २२ लिटर दुध दिन्थ्यो । १० जनाको परिवारलाई धान्थ्यो तर के गर्नु अर्को भएको गाई पनि लम्पी स्क्रिनले ग्रष्ट छ । उच्च जोरले सताएको छ । दुधदिने ठाउँमै राता राता फोकाहरु उठेका छन् । दिनरात उच्च जोरले गाई भसकै भएका छन् उनले सुनाए । यो बेला सरकार कहाँ छ ? उनले प्रश्न गरे । महामारी फैलिएपछि औषधी उपचार, खोपको ब्यबस्था गर्नुपर्ने होइन र? पशु विमाको दाबी गर्दा पनि कृषकलाई विभिन्न बाहना गरी महामारीमा विमाले काम गर्दैन भन्दै कृषकहरुलाई निरुत्साहित पारी रहेको उनले अनुभव सुनाए ।
वरिष्ठ पशु चिकित्सक ऋषिरामले आफ्नौ गोठसँगैको गाईको उपचार गर्दा गर्दै यो हप्ता गुमाउन पुगेको बताए । संक्रमित गाईवस्तु कहिले के हुन्छ थाहा छैन । कृषकले गोठमा ताला लगाउन छाडे । यो बेला उपचारका लागि आवश्यक औषधी समेत सर्तेज छ । पशु कार्यालयहरु पनि पहिलेको तुलनामा कमजोर छ । भर्खरै चाँगुनारायण नगरपालिकाले खोपकालागि केही रकम छुट्यो, औषधी किन्दै छ पशु चिकित्सक ऋषिरामले भने लम्पी स्क्रिन देशभर फैलिसकेकाले केन्द्र सरकार, प्रदेश सरकार र विशेष गरी स्थानीय सकारले कृषकहरुलाई विशेष ध्यान दिनुपर्छ । नभए अहिलेको यो महामारीले दुध उत्पादनमा नराम्रोरी प्रभाव पर्छ । किन कि लम्पी स्क्रिन भाइरस दुधौली गाईवस्तुलाई मात्रै महामारी फैलिएको छ अन्यवस्तुमा संक्रमण देखिएको छैन । भाइरसले भर्खर व्याएको गाईलाई पनि बाँकि राखेन, उनले अनुभव सुनाए।