स्मार्टसिटीबाट सरकार पछि हट्न बाध्य हुने छ: मेयर श्रेष्ठ

भक्तपुर, जेष्ठ २१ गते
सरकारले घोषणा गरेको स्मार्टसिटी कार्यान्वयनमा स्थानीय सरकारले साथ नदिने भएको छ । देशको सन्तुलित विकासलाई बेवास्ता गर्दै काठमाण्डौ केन्द्रीत विकास गर्ने संघ सरकारका योजनालाई स्थानिय नगरपालिकाहरुले साथ नदिने भएपछि स्मार्टसिटी योजनामै सिमित हुने भएको छ । कोरनाको कहरले देशभर सन्तुलित विकासको आवश्यकता देखाउँछ तर सरकार काठमाण्डौमै ४ वटा ठूला सहरहरु बनाउने अभियानमा छ । आर्थिक वर्ष२०७७।७८को बजेटमा समेत उल्लेख गरी सकेको यो योजनाबाट सरकार पछि हट्नुपर्ने छ, काठमाण्डौ उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्युरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताएका छन् । एक दशकमा पनि पूरा नहुने योजनामा स्थानीय नगरपालिकासँग समन्वय नगरी केन्द्रीय सरकारले लागु गर्नै सक्दैन मेयर श्रेष्ठ बताउँछन् । सरकारले काठमाण्डौ उपत्यका विकास प्राधिकरणको नेतृत्वमा काठमाण्डौमा ४ वटा स्मार्टसिटी बनाउने संघ सरकारको घोषणाप्रति सरोकारवाला नगरपालिकाहरु असन्तुस्त रहेको बताउँदै उहाँले प्राधिकरणको नेतृत्वमा योजना अगाडी बढाए यसमा सरकारपछि हट्न बाध्य हुने बताउनु भयो । बरु स्थानीय नगरपालिकाहरुको नेतृत्वमा संभव होला, शहर त व्यवस्थित पार्नुपर्ने छ उहाँले बताए । मध्यपुर थिमीको पूरानो थिमीको बाटोको उत्तर तर्फका सबै भाग स्मार्ट सिटीमा पर्ने गरी डिपिआर बनाएको कुरामा ध्यानाकर्षण गराउँदै मेयर श्रेष्ठले भन्नु भयो, जहाँ घरै घर भइसकेको छ, जग्गा बाँकी छैन त्यहाँ स्मार्टसिटी घोषणा गरेर सरकार कसरी सफल हुन्छ ? स्मार्ट सिटीको नाममा ९ वर्षसम्म जग्गा किनबेच गर्न नहुने गरी होल्र्डमा राख्ने काम मात्रै हुने भएकोले आफूले सो क्षेत्रको होल्ड फुकुवा गराइसकेको पनि बताउनु भयोे । उहाँले टोकेरै भन्नु भयो भाइकाजी तिवारीको नेतृत्वको प्राधिकरणले आधुनिक शहर बनाउनै सक्दैन, यसबाट सरकार पछि हट्नुपर्ने हुन्छ । कहि १६ मिटर त कहि ३०  मिटरसम्मको सडक मापदण्ड बनाएको छ त्यो कार्यान्वयन सम्भब देखिन्दैन मध्यपुरको एक इन्च जग्गा पनि छोड़ने छैनौ मेयर श्रेष्ठले बताउनु भयो |

नेपाल फोटो पत्रकार महासंघ भक्तपुरले मंगलबार शंषधर पार्टी प्यालेसमा आयोजान भएको भक्तपुरका पत्रकारहरुलाई प्रेस जाकेट वितरणमा मेयर श्रेष्ठले मध्यपुर थिमीको सम्पदा संरक्षणको लागि जनप्रतिनिधी आएपछि कति काम भयो भन्ने सम्बन्धमा पुरानो फोटो र अहिलेको फोटो तुलना गरेर मूल्यांकन समेत गर्न सकिने कुरा उल्लेख गर्नु भयो । उहाँले सम्पदाका फोटोहरुको पुस्तिका प्रकाशन गर्ने तयारी समेत भइरहेको बताउँदै सरकारी मापदण्ड पूरा गरी कोरना परीक्षण ल्यावको पुनः सेटिंग गर्दै नेपाल कोरिया मैत्री अस्पतालमा कोरना परीक्षण कार्य भइरहेको बताउनु भयो । पशुपतिनाथस्थित विद्युतीय सव गृहमा कोरना संक्रमितको सव जलाएपछि आइसोलेशनमा रहेकाहरुको समेत कोरना परिक्षण सो अस्पतालबाट गरेको जानकारी दिनु भयो । भक्तपुरका ३८ जना पत्रकारहरुको पनि सो अस्पतालले कोरना परीक्षण गरेको थियो ।


कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धुव आलेले अग्रपक्तिमा रहेर फोटो पत्रकारहरु क्रियाशिल रहने भएकाले सबै भन्दा बढी जोखिममा फोटो पत्रकारहरु रहेको उल्लेख गर्दै तिनीहरुको सुरक्षाको लागि देशभरका फोटो पत्रकारहरुलाई ज्याकेट, माक्र्स र स्यानिटाईजर वितरण गरेको बताउनु भयो । कोरना संक्रमणबाट सुरक्षित व्यवहारका साथ फोटो पत्रकारहरु फिल्र्डमा खत्न आवश्यक भएको भन्दै विभिन्न सहयोगि निकायहरुसँगको समन्वयमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्दै आएको बताउनु भयो । महासंघ भक्तपुरका अध्यक्ष रत्न श्रेष्ठले सहजिकरण गर्नु भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले एउटा फोटोबाट सयौ शब्द बोल्ने उल्लेख गर्दै सञ्चार क्षेत्रमा फोटो पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयो ।