साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक प्रकाशित

साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक प्रकाशित
ललितपु, श्रावण ३ गते
बागमती प्रदेश सरकारका कानून मन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा सम्बन्धि कानून छिटै ल्याउने तयारी भइरहेको जनाएको छ । सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेशद्वारा आज प्रकाशित साइबर सुरक्षा, अवधारणा र अभ्यास नामक पुस्तकको विमोचन गर्दै मन्त्री श्रेष्ठले बढ्दो साईबर अपराध नियन्त्रण तथा सुरक्षाकालागि आवश्यक कानून बनाउने तयारीमा रहेको जनाएको हो । आम जनजीवनसँग जोडिएको यस विषयको सुरक्षा स्थानीय, प्रदेश सरकार र संघिय सरकारको संयुक्त अभ्यासबाट मात्रै संभाव हुने भन्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक साइबर सुरक्षाको पूर्ण पाठ नभए पनि यो नै नेपाली भाषामा प्रकासित भएको पहिलो पुस्तक भएको हुन सक्ने बताएका हुन ।


साइबर सुरक्षा प्रदेश सरकारको पनि क्षेत्राधिकार भएको भन्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा दिनहुँ गंभिर र सम्बेदनशिल विषय बन्दै गएको, यसले एक जना व्यक्तिलाई मात्र नभई समाज, देश र अन्तराष्ट्रिय क्षेत्रलाई समेत चुनौती सृजना भइरहेको बेला यो पुस्तकले एउटा सचेतना अभियान जस्तै बन्नोस भन्ने हेतुले पुस्तक प्रकाशित गएिको चर्चा गर्नु भयो । पुस्तकले देश विदेशका साइबर सम्बन्धि विभिन्न विषयवस्तुहरु प्रस्तुत गर्न सकेको बताउँदै मन्त्री श्रेष्ठले सुन जस्तै महंगो दाताभित्र अनधिकृतरुपमा प्रवेश गरेर पहुँच स्थापना गरी चोरी गर्ने, क्षति पुर्याउने कार्य अपराध भएको र त्यस्तो व्यक्ति वा समूह अपराधी भएको बताउनु भयो । त्यस्तो कार्य हुन नदिने र गर्नेलाई कानूनी कार्वाहीको दायरामा ल्याउनु र अन्य सुरक्षा प्रणालीको विकास गर्नु वास्तवमा साइवर सुरक्षा भएको मन्त्री श्रेष्ठले बताए ।
पछिल्लो चरणमा साइबर सुरक्षाको महत्व र पेचिलो विषय बन्दै गएको नेपाल प्रहरीको साइवर अपराधका घटनाहरुले पुष्टि गर्ने बताउँदै मन्त्री श्रेष्ठले नेपालका सबै जिल्ला अदालतमा यस बारे सुनुवाई गर्ने व्यवस्था रहेको बताए ।
साइबर सुरक्षाको विषय केही सुरक्षा निकायलाई मात्रै बलियो बनाएर नपुग्ने तल्लोस्तरसम्म विकास गर्नुपर्नेमा जोड दिदै यसको दक्षतावृद्धिका लागि आवश्यक उपकरण र दक्ष जनशक्ति उत्पादनमा पनि प्रदेश सरकारले जोड दिदै साइबर सुरक्षा प्रादेशिकस्तरबाटै बलियो बनाउँदै जाने तयारी भएको बताए । केन्द्रीय दाता सुरक्षित बनाउन प्रदेशस्तरको संयन्त्र पनि बलियो हुनुपर्नेमा जोड दिए ।
नगरिककालागि सबै भन्दा नजिकको सरकार स्थानीय सरकार देखि प्रदेश र संघिय सरकारका कानूनहरुमा एकरुपता ल्याएर कार्यान्वयन गर्न सक्ने कानून बनाए मात्रै साइबर सुरक्षा दिन सकिने अवधारणा प्रदेश सरकारको रहेको मन्त्री श्रेष्ठले बताए । साइबर सुरक्षाबाट नै जनताले सुरक्षित मशसुस गर्न सक्ने धारणा पनि मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपालका कानूनहरु पंञ्चायतकालिन शैलीको भएको भन्दै कानूनहरु पुनर लेखन गर्नुपर्नेमा जोड दिए । यद्यपी उहाँले कार्यान्वयन नहुने कानून बन्दैमा केही नहुने जिकिर गर्दै साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक उपयोगि भएको बताए ।
सञ्चार रजिष्टार रेवटी सापकोटाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा सम्पादक प्रवेश सुवेदी सहितका अतिथीहरुले साइबर सुरक्षाका विभिन्न आयामहरु बारे चर्चा गर्दै पुस्तकको उपयोगिता बारे आआफ्नो धाराणा व्यक्त गरेका थिए । कार्यक्रमका अतिथीहरु मन्त्री श्रेष्ठ, वरिष्ठ पत्रकार दाहाल र सञ्चार रजिष्टार सापकोटाले संयुक्त रुपमा साइबर सुरक्षा अवरधारणा र अभ्यास पुस्तकको संयुक्त रुपमा ललितपुर स्थित सुशासन केन्द्रको सभाहलमा विमोचन भएको थियो ।
एक सय एघार पृष्ठको सो पुस्तकले डिजिटल साक्षरताका विभिन्न विषयहरु समेतिएका छन् । एकहजार पाँच सय प्रति प्रकासित सो पुस्तकमा साइबर सुरक्षा, सुरक्षा अवाधारणा र औजारहरु, साइबर अपराध, कानून र नियमनका विषयहरुलाई पस्केको छ ।