२०७६ साल चैत २० गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जिल्ला सहकारी संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघ र जिल्ला खुद्रा व्यापार संघका प्रतिनिधिहरुलाई नगरपालिकामा छुट्टा छुट्टै भेट गरी लक डाउनको बेलामा जनतालाई आपूर्तिमा समस्या नपर्ने गरी आ–आप्mनो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरमा १५६ वटा सहकारीमा झण्डै १ लाख सदस्यहरु रहेको उल्लेख गर्नुहुँदै कारोना भाइरसको सम्भावित जोखिमबारे सबै सदस्यहलर्य घर–घरमा सन्देश पु¥याइ अति आवश्यक बेला बाहेक घरबाट ननिस्कने स्व अनुशासन कायम गर्ने तर्पm लाग्न ध्यान दिन जोड दिनु भयो ।

उहाँले नागरिकलाई अनुशासित बनाउने हामीहरुको साझा जिम्मेवारी भएको हुँदा सबै मिलेर कोरोना भाइरसको संक्रमणबाट समाजलाई जोगाउन लाग्नुपर्ने बताउनुभयो ।
जतिसुकै लामो लडडाउन भएपनि जनतालाई अलिकति पनि आपूर्तिमा समस्या आउन नदिइ सबै संस्थाहरुसँग समन्वय गरी भक्तपुर नपा अगाडि बढ्ने– उहाँले भन्नुभयो ।
जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले आप्mना सम्पूर्ण सदस्यहरुलाई घर–घरमा सन्देश पु¥याउने र समस्यामा परेकाहरुलाई केही रकमको व्यवस्था गर्दै आएको स्पष्ट पार्नुभयो ।
खाद्यान्न लगायका अति आवश्यक वस्तु आपूर्ति गर्ने खुद्रा व्यापार संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघ तयार रहेको संघका प्रतिनिधिहरुले बताउनुभयो ।












