कोरोनाको सक्रिय सङ्क्रमितको दर घट्यो ।

कोरोनाको सक्रिय सङ्क्रमितको दर घट्यो ।
दैनिक रुपमा कोरोना सङ्क्रमित थपिने क्रम घटेसँगै देशभर कोरोनाको सक्रिय सङ्क्रमितको दर पनि घटेको छ । आज देशभर ६८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार आज १ हजार ८३५ जना सङ्क्रमणमुक्त भएका छन् । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या भने २० हजार भन्दा कम पुगेको छ । हाल देशभर १९ हजार ४०० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज देशभरबाट ४३ हजार ८८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना बिरुद्धको खोप लगाउने दर भने केही दिन यता घटेको छ ।