समाजसेवी स्व.कुमार चवालप्रति वृहत्त श्रद्धाञ्जली सभा आयोजना
भक्तपुर, पुस १६ गते
समाजसेवी एवं नेपाल मजदुर किसान पार्टीका अग्रनी कार्यकर्ता स्व. कुमार चावलको स्मृतिमा आज गःहिटी भक्तपुरमा वृहत्त श्रद्धाञ्जली सभा आयोजना गरेको छ । नेमकिपा भनपा ४ समितिले आयोजना गरेको सो श्रद्धाञ्जली सभामा अतिथिहरुले स्व. कुमार चवालले जीवनकालमा खेल्नु भएको सामाजिक, राजनैतिक योगदानको स्मरण गर्दै उहाँका अधुरा कार्य पूरा गर्न सके मात्रै उहाँप्रति साँचो श्रद्धाञ्जली अपर्ण गरेको हुने बताएका थिए ।


श्रद्धाञ्जली सभामा बोल्दै नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले मेजेजाइटिस रोगको उपचार गर्दा गर्दै औषधीले काम नगरेपछि भेन्टिलेटरमा राखेर पनि सुधार नभएपछि कुमार चवालको निधन भएको जानकारी दिनु हुँदै सांसद सुवालले विषाक्क्त र अस्वस्थ्यकर खानपिनले आम जनताको स्वास्थ्य पनि खराव भइरहेको प्रति सरकार र स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन गर्न ढिला हुँदा नयाँ पुस्ताको शिक्षा र स्वास्थ्यमा ढिला भयो । नयाँ पुस्तालाई योग्य र सक्षम बनाउन विलम्ब भइरहेको छ । सांसद सुवालले आदर्श समाज निर्माण गर्न नेमकिपाका नेता कार्यकर्ताहरुले स्व. चवालले जस्तै इमान्दारिताका साथ देश र जनताको सेवामा लाग्नुपर्ने जोड दिनु भयोे ।
स्थानीय अग्रज पशुपति प्रजापतिको सभापतित्वमा भएको सो श्रद्धाञ्जली सभामा भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, जनप्रतिनिधिी कुष्णलक्ष्मी दुवाल, नेमकिपा नगर समितिका गंगाराम ज्याख्व, नेमकिपा ४का न्हुन्छेराम भेले, स्व. कुमार चावालका छोरा विकास चवाल तथा स्थानीय विजय लोहला सहितका अतिथिहरुले स्व. कुमार चवालले समाज, परिवार र पार्टीकालागि गरेको महत्वपूर्ण योगदानहरु बारे जानकारी दिएका थिए ।
सहभागि समुदायले स्व. कुमार चवालको तस्विरमा माल्यापर्ण तथा पुष्प गुच्छा चढाउँदै मोन धारण गरेर स्व. कुमार चवाल प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
















