भक्तपुर नपाको एघारौं नगरसभा चालू ।

भक्तपुर नपाको एघारौं नगरसभा चालू ।
भक्तपुर । २०७८ फागुन ३ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठक मंगलबार पनि चालू रह्यो ।
आज बसेको सभाको बैठकले आ.व. २०७८।७९ को बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित गर्यो ।
आ.व. २०७८।७९ को बजेटको पुँजीगततर्फ विभिन्न ६ वटा शीर्षकमा रु. १ करोड २५ लाख र चालुतर्फ विभिन्न ४ वटा शीर्षकमा रु. ३५ लाख रकमान्तरण गरिएको छ ।
आजको सभाको बैठकमा भक्तपुर नपाबाट गठित खानेपानी समितिका संयोजक महेन्द्र खायमली, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि समिति र बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंयाँ सुवाल, सूचीकरण समितिका सदस्य हरिराम सुवाल र निर्माण समितिका संयोजक उकेश कवांले सम्बन्धित समितिहरुको अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सभाको अर्को बैठक फागुन ५ गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।