अब मोबाइल एपबाटै ऋण लिन सकिने ।।
उषा तामाङ, सीआइएन, काठमाडाँै
कोरोना महामारीको दुइ वर्षभन्दा धेरै समय नेपालमा मोबाइलबाटै रकम लिनदिन र निकाल्ने सुविधा लोकप्रिय भयो । कोरोना संक्रमणको जोखिम नहोस् भन्दै राष्ट्र बैँकले पनि सेवा प्रदायक तथा बैङ्कहरूसँग समन्वय गरिदियो । प्रयोगकर्ताको माग बढ्दैजाँदा अब भने मोबाइल बैँकिङमार्फत नै बैँक तथा वित्तीय संस्थाबाट ऋण माग्न पाइने भएको छ । रकम थोरै वा धेरै भए पनि बैङ्कहरूमा ऋण लिन जाँदा प्रक्रिया झन्झटिलो हुने गुनासो सेवाग्राहीको हुन्छ । तर अब मोबाइलबाटै ऋणका लागि बैँकमा अनुरोध गर्न पाइने सुनेपछि जनकपुरका अशोक साहलाई खुसी लागेको छ । नेपालमै पहिलो पटक नबिल बैङ्कले मोबाइलबाटै ऋण लिनेदिने व्यवस्था १ वर्ष अघिदेखि गरेको थियो । त्यसपछि लक्ष्मी, कुमारी बैङ्कले पनि यो सुविधाको सुरुवात गरे । हालसम्म आफूहरूले ३ हजारभन्दा धेरैलाई मोबाइल एपमार्फत दिएको आवेदनका आधारमा २ लाख सम्म ऋण दिने गरेको कुमारी बैंकका प्रवक्ता नबिनमुनी बज्राचार्य बताउनुहुन्छ । नेपाल राष्ट्र बैङ्कले तीन दिनअघि विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन जारी गर्दै बैङ्क वा वित्तीय संस्थाले कर्जा आवेदनदेखि असुलीसम्मको लागि सहजीकरण गर्न सेवा प्रदायक संस्थालाई भनेको छ । सेवाप्रदायक संस्थामा खल्ती, इसेवा लगायत २८ वटा संस्था छन् । तलवी खाता रहेका वा पेशागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकलाई अधिकतम ५ लाखसम्म र अन्य ग्राहकले २ लाख रुपैयाँसम्म यो कर्जा निन पाउने नेपाल राष्ट्र बैङ्कका सह–प्रवक्ता नारायण प्रसाद पोखरेलले सीआइएनसँग बताउनुभयो । मोबाइल एपको माध्यमबाट कर्जा लिएका व्यक्तिले एकै पटक वा किस्ताबन्दिमा ३ वर्षसम्म भुक्तानी गर्नुपर्ने हुन्छ । यो व्यवस्थाको सुरुवात गर्नु सकारात्मक भए पनि सेवाग्राहीलाई कारोबारका बारेमा जानकारी दिनुपर्ने बताउनुहुन्छ पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री । राष्ट्र बैंककाका अनुसार कोरोना महामारी सुरु हुनुअघि महिनामा ९ सय अर्बको विद्युतीय कारोवार हुने गरेको थियो भने हाल यो दर प्रति महिना ५१ सय ४१ अर्ब पुगेको छ । विद्युतीय कारोवार प्रति सेवाग्राही आकर्षित हुँदै गर्दा ऋण लिन र दिन मोबाइल माध्यम बन्न थालेको छ । तर सेवाप्रादायक संस्थाले बैँकले जस्तै झन्झटिलो प्रक्रिया नराखून भन्ने अपेक्षा नागरिकको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...












