भक्तपुरमा सक्रिय कोरोना संक्रमित ४ हजार पुग्यो
भक्तपुर, माघ १० गते
बढ्दो कोरोना संक्रमणसँगै भक्तपुर जिल्लामा सक्रिय संक्रमितको ४ हजार पुग्न लागेको छ । पछिल्लो २४ घण्टामा संक्रमित ५३० जना सहित अहिलेसम्म जिल्लामा संख्या ३ हजार ९ सय ९८ सक्रिय संक्रमित पुगेको छ । यसरी संक्रमित हुनेहरुमा २०७० पुरुष र १ हजार ९ सय २८ महिला रहेका छन् । यसमध्ये भक्तपुर नगरमा ३७३ पुरुष र ३९२ महिला गरी ७६५ जना, चाँगुनारायण नगरमा २७१ पुरुष र १९० महिला गरी ४६१ जना यसैगरी मध्यपुर थिमी नगरमा ५८९ पुरुष र ५५८ महिला गरी ११४७ जना र सूर्यविनायक नगरपालिकामा ५४८ पुरुष र ५१४ महिला गरी १०६२ जना सक्रिय संक्रमित छन् भने २८९ पुरुष र २७४ महिला गरी ५६३ जना संक्रमितहरु सम्पर्क बिहिन अवस्थामा रहेको पनि स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
सक्रिय संक्रमित ३ हजार ९ सय नाघे पनि संस्थागत आइसोलेशन र अस्पतालमा रहनेहरुको संख्या भन्ने जम्मा ३१ जना मात्र रहेको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जारी गरेको कोरोना अपडेटमा उल्लेख छ । यसरी भर्ना हुनेहरुमा २३ जना सामान्य आईसोलेशनमा ४ जना एचडियू, ३ जना आइसियू र १ जना भेन्टिलेटरमा रही उपचारमा रहेका हुन भने अन्य संक्रमितहरु घरमै आइसोलेशनमा रहेका छन् ।
जिल्लाका कोरोना संक्रमित हुनेको कूल संखय ३४ हजार ६ सय ८२ पुगेको छ । त्यस मध्ये ३० हजार ३ सय २४ जनाले कोरोना जितिसकेका छन् भने ३६० जना संक्रमितहरुको ज्यान गएको छ । ज्यान जानेमा २ सय २८ पुरुष र १३२ महिला थिए ।
४२४ बेड तयारी अवस्थामा
जिल्लामा कोरोना संक्रमितको उपचारको लागि विभिन्न आइसोलेशन केन्द्रहरुमा २५६ वेड तयारी अवस्थामा राखिएको छ भने एचडियूको संख्या ११७, आइसियूको संख्या ३५, भेनिटलेटरको संख्या १६ गरी ४२४ बेड तयारी अवस्थामा रहेको छ ।
९३.४० प्रतिशत भक्तपुरबासीले पाए कोरोना विरुधको खोप
कोरोना विरुध ९३.४० प्रतिशत भक्तपुरबासीले विभिन्न खोप पाइ सकेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । यसरी खोप लिनेहरुमा २लाख ३३ हजार ७ सय ५१ रहेका छन् । भक्तपुर नगरका ८०.८० प्रतिशत, चाँगुनारायणका ८४.३३, मध्यपुर थिमीका ७८.४० र सूर्यविनायक नगरका १३१.७१ प्रतिशतले खोप पाएको जनाएको हो ।
कोरोना परीक्षण
जिल्लाभर हालसम्म ७९ हजार ६३३ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा १९ हजार ११६ जना पोजेटिभ भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । पिसिआर परीक्षणबाट १७ हजार १६२ र एन्टीजेनबाट १९५४ जना कोरोना संक्रमित भएको छ ।
पछिल्लो २४ घण्टामा
भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ५३०मा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार भक्तपुर नगरका ४९ पुरुष र ५१ म्हिला गरी १०० जना, चाँगु नगरका २५ पुरुष र १९ महिला गरी ४४ जना, मध्यपुर थिमीका ८८ पुरुष र ११४ महिला गरी २०२ जना र सूर्यविनायक नगरका ७३ पुरुष र ५८ महिला गरी १३१ जनामा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । कार्यालय प्रमुख मिजारका अनुसारपछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका ५३० जना मध्ये २३ पुरुष र ३० महिला गरी ५३ जना सम्पर्कविहिन रहेको पनि उल्लेख गरेको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...











