त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस् ।” सोे निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा यात्रुको चाप बढी हुँदै गएकाले समस्या भयो, फराकिलो ठाउँमा सार्न मन्त्री ज्यूले निर्देशन दिनुभएको छ, हामी चाँडै सार्छौं ।” यसैगरी विमानस्थलमा एकमात्र ‘कन्भेयर बेल्ट’ भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्न समेत भनिएको छ । विमानस्थलका कर्मचारीले स्थान पहिचान, बजेट व्यवस्थापन, सूचना प्रकाशनका विषयमा तत्काल काम अगाडि बढाउने जनाइएको छ ।
Featured Posts – Style 1
नेपाल भेटेरिनरी एशोसिएशनको दाबी : ‘कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन’
2024-05-20 Comments Off on नेपाल भेटेरिनरी एशोसिएशनको दाबी : ‘कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन’
काठमाडौं।बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको...
व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम
2024-05-20 Comments Off on व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम
व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा आज उद्यमी व्यवसायीहरुका लागि एकदिने कर शिक्षा कार्यक्रम सञ्चालन गरेको...
युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी
2024-05-20 Comments Off on युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी
युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनीकाठमाडौँ, जेठ ७ गते । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु...
पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान
2024-05-20 Comments Off on पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान
पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का...
दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण
2024-05-20 Comments Off on दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण
दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार...