तिन दिने योग विज्ञान शिविर सम्पन्न
भक्तपुर, चैत्र १० गते
तीन दिने योग विज्ञान शिविर आज सम्पन्न भएको छ । सरस्वती विद्या गृह कमलविनायक परिसरमा आयोजित सो शिविरमा सयौंजनाले योग साधाना गर्दै विशेष योग शिविर सम्पन्न गरेको हो । शिविरको समापन समारोहको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तौ देखि शारीरिक र मानिसक स्वास्थ्यकालागि गर्दै आएको योग साधना प्रभावकारी रहेकाले भक्तपुर नगरपालिकाले पनि टोल टोलमा छिक्वङ्ग चिनिया सारीरिक व्यायाम सञ्चालन गर्दै आएको जनाएको छ । नगरवासीको सुस्वास्थ्यका लागि शारीरिक व्यायामको आवश्यकतालाई जोड दिदै नगर प्रमुख प्रजापतिले योग साधाना अभियानले जिल्ला वासीलाई स्वस्थ राख्न योगदान दिने बताउनु भयो । पतंजलि नगर योग समिति भक्तपुर तथा पतंजल िमहिला नगर योग समितिको संयुक्त आयोजनामा भएको शिविरमा बागमति प्रदेश प्रभारी प्रमुख प्रशिक्षक ग्रोवेन तौजलेले प्रशिक्षण दिएका हुन । मानिसको शारीरिक कष्ठ र रोग व्याधीबाट सुरक्षित तथा निको बनाउन अस्पताल पुग्नु भन्दा प्राकृतिक योगाभ्यास प्रभावकारी हुने भन्दै प्रशिक्षक तौजलले नियमति योगाभ्यास गर्न आग्रह गर्नु भयो । सरस्वती विद्या गृहका प्रधानाध्यापकद्वारा उद्घाटन गर्दै चैत्र ८ गते सुरु भएको सो शिविरको दोस्रो दिन हिजो संस्कृतिविद्ध प्रा।डा पुरुषोत्तम लोचन श्रेष्ठले दोस्रो दिनको उद्घाटन मन्तव्य राखेका थिए ।
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...













