बालकोटमा सामुदायिक अस्पताल बनाउने तयारी !
भक्तपुर, माघ ३ गते
भविष्यमा सामुदायिक अस्पताल बनाउने उदेश्यका साथ भक्तपुरको बालकोटमा शुभबिहानी पोलिक्लिनिक एण्ड फार्मेसी सञ्चालनमा ल्याएको छ । शुभविहानी वचत तथा ऋण सहकारी संस्था लि.को विशेष लगानी र स्थानीय समुदायको एक करोड भन्दा बढी लगानीमा सो फार्मेसी सञ्चालनमा ल्याएको संस्थाका ब्यवस्थापक सन्तोष बोगटीले जनाएको छ । जोकोहीलाई पनि शुर्लभ स्वास्थ्य सेवा दिने तथा शुभ विहानी साकोसका सदस्यलाई विशेष सहुलियत दरमा स्वास्थ्य परीक्षण, औषधी उपचारको ब्यवस्था रहेको बोगटीले बताए ।
कोरोना संक्रमण बढी रहेको बेला घर दैलोमै पिसिआर परीक्षण गर्ने व्यवस्था सहित शुभ बिहानी पोलिक्लिनिक एण्ड फार्मेसी सञ्चालनमा ल्याएको सञ्चालक बोगटीले जनाएको हो । बर्तमान कानुनी व्यवस्था अनुसार सहकारी संस्था आफैले फार्मेसी सञ्चालन गर्न नमिल्ने भएकाले शुभविहानी साकोस र जनस्वास्थ्य सेवामा समर्पित ब्यक्तिहरुको लगानीमा विगत ३ वर्षको अर्थक प्रयासपछि समुदायको सेवाको लागि सो फार्मेसी सञ्चालनमा ल्याउन सफल भएको सञ्चालकहरुले बताए ।
बालकोट चोकसँगै सञ्चालनमा आएको सो फार्मेसीको सोमबार उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरवासी र अन्य समुदायलाई समेत सहज रुपमा स्वास्थ्य सेवा दिन र भविष्यमा अस्पतालको रुपमा विकास हुने सुभेच्छा ब्यक्त गरेका थिए भने स्थानीय वडाध्यक्ष कमलनाथ आचार्यले कोरोना संक्रमण बढेको बेला स्वास्थ्य संस्था सञ्चालनमा ल्याउनु पनि सामाजिक सेवा नै भएको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष जगत प्रजापति, निर्वतमान अध्यक्ष पुष्कर बुढाथोकी एवं टिभी पत्रकार ऋषि श्रेष्ठ, रमेश गिरी लगायत विभिन्न सञ्चार माध्यमका पत्रकारहरुका बीच मात्रै आयोजना गरेको सो उद्घाटन सत्रमा फार्मेसी सञ्चालकहरुले सो फार्मेसी मिनी अस्पतालको रुपमा अहिले नै सेवा दिन सफल रहेको बताए । गठ्ठाघरमा समेत शाखा खोलेर बालकोटमा ल्याव सहितको शुभबिहानी पोलिक्लिनिक एण्ड फार्मेसी सञ्चालनमा ल्याएको उल्लेख गर्दै सो फार्मेसी शुभारम्भका अवसरमा एक महिनासम्म होल बढी चेकअपमा ४७ प्रतिशत, अल्ट्रा साउन, एक्सरे, इसिजी, इकोमा १०। १० प्रतिशत र ल्याबमा २५ प्रतिशत छुटको ब्यवस्था सहित सि.बी.सी कलेजोको कार्य परिक्षण, मृगौलाको कार्य, प्रशोधन क्षमता परीक्षण गर्नुका साथै मुटुको कार्य परीक्षण, थाइराइड, चीनी रोग, दिसापिसाब, युरिक एसिड, क्याल्सियम परीक्षणका साथै बरिष्ठ डाक्टरी चेकजाँच, परामर्श र घाउ, खटिरा, पिलो, पाइल्स तथा साना तिना सल्यक्रियाको सुविधा एवं सबै थरीको रोगहरुको चेक जाँचको व्यवस्था भएको सञ्चालकहरुले जनाएको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













